महाशिलाको ‘एक घर एक रोजगार कार्यक्रम प्रभावित’|merojilla.com|

ZEN Travels

ठाकुर रसाइली ,पर्वत ।
पर्वतको महाशिला गाउँपालिकाले शुरु गरेको एक घर एक रोजगार कार्यक्रममा सहभागी भएकाहरुले काम छोड्न थालेका छन् । ३ सय ७३ जना एकैपटक बिभिन्न बिद्यामा भर्ना भएकोमा अहिलेसम्म ५० जनाले काम छोडिसकेका छन् ।
भोक्सिङका १७ जना भर्ना भएकोमा ७ जनाले काम छोडिसकेको वडा सदस्य रेशम मल्लले जानकारी दिए । उनले भने,‘ गाउँपालिकाले सीप, दक्षता र योग्यता नहेरी काममा लादेका कारण काम छोड्ने क्रम बढेको हो । ‘विधुत जडान सम्बन्धि तालिम लिएका होश्राङ्दीका थमान थापाले बिद्युत सम्बन्धि कामका लागि आवेदन दिएपनि उनलार्ई पाईप जडान सम्बन्धी काममा लगाएपछि काम नै छाडेको बताए ।
प्रायलाई सडकको काममा खटाईएकाले जागिर छाडेका हुन् । लुँखुका कमला कुश्मेली,बेलकुमारी नेपाली र राजन पन्तले पनि सडकमा खटाएपछि काम छोडेको बताए ।दैनिक रुपमा रोजगारी छोड्ने बढ्दै गएपछि एक घर एक रोजगार कार्यक्रम बिबादीत बन्दै गएको स्थानीयहरुले बताए । गाउँपालिकाले अपाङग, असक्त र महिलाहरुलाई प्राथमिकता दिने भन्ने मापदण्ड बनाएपनि उक्त मापदण्ड मिचेकाले जागिर छाडेकाहरुले बताएका छन् । राजन पन्त ब्रेन टयूमरको अप्रेशन गरेका व्याक्ति शुन् । मानसिक रुपमा अशक्त राजनले बिद्यालयमा पियन पदमा आवेदन दिएकोमा सडक खन्ने काममा परेपछि काम छोडेर अहिले नेष्डोको सम्पर्क कार्यलयमा काम गर्न थालेको सुनाए ।
गाउँपालिकामा तत्कालिन एमालेको नेतृत्वले एउटा वडाबाहेक सबै वडामा जित हासिल गरेको थियो । चुनावको बेला असहयोग गर्ने र अन्य पार्टिलाई मतदान गर्नेहरुलाई छानीछानी दुख दिएको समेत आरोप आउन थालेको छ । यता,गाउँपालिकाका अध्यक्ष राजु पौडेलले आफुलाई कसैले काम छोडेको जानकारी नपाएको बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला