घरभित्रै खाल्डो खनेर लुकाइएको १८ किलो सुन प्रहरी नियन्त्रणमा

ZEN Travels

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले खाल्डो खनेर लुकाई राखिएको १८ किलो सुन बरामद गरेको छ । तस्करी गरेर ल्याइएको उक्त १८ किलो सुन घरभित्र खाल्डो खनेर लुकाइएको अवस्थामा बरामद भएको अपराध महाशाखाका डिएसपी रुगम कुवँरले जानकारी दिए ।

घरभित्र खाल्डो खनेर माथिबाट आलुले छोपेर सुन राखिएको थियो । कालो कपडामा बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा सुन बरामद भएको हो । उक्त सुन तस्करीका संलग्न एक जना पक्राउ परेका छन् । अर्का एक जना पनि संलग्न रहेकाले अनुसन्धान भइरहेको कुँवरले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला