डिसिटी कम्प्युटर इन्स्टिच्युट कूस्माले जोड्दियो नेपाल पत्रकार संघ पर्वतलाई निशुक्ल ईण्टरनेट

ZEN Travels


पर्वत ।

कुश्माका एक कम्प्युटर ईन्स्युचयुट सञ्चालकले नेपाल पत्रकार महासंघ पर्वतलाई निशुल्क ईण्टरनेट प्रदान गर्नुभएको छ ।
सदरमुकाम कुश्मामा डिसिटी कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्दै आउनुभएका अच्यूत पौडेलले महासंघलाई निशुल्क ईण्टरनेट जडान गरेर सहयोग गर्नुभएको हो । उहाँले मासिक रुपमा लिने शुल्क पनि नलिनुहुने भएको छ । नेटको समस्याले नेपाल पत्रकार महासंघका सुचना आदानप्रदानमा समस्या परेपछि उहाँले निशुल्क रुपमा ईण्टरनेट जडान गरि सहयोग गर्नुभएको हो । नेपाल पत्रकार माहसंघ पर्वतलाई निशुल्क इन्टरनेटको सेवा प्रदान गर्ने भएको छ ।
बाराही इन्टरनेट मार्फत नेटको प्याकेज दिएको सञ्चलक पौडेलले बताउनुभयो । नेट संगै फ्री वाईफाईको सेवा समेत रहने उहाँले बताउनुभएको छ । उहाँले यहि ईण्टरनेट सर्वसाधारण लाई विक्री गर्दा मासिक १५ सय रुपयाँ सेवा शुल्क लिने गर्नुभएको छ । नेपाल पत्रकार माहसंघ पर्वतका अध्यक्ष छविलाल तिबारीले पत्रकार महासंघलाई ईण्टरनेट जडान गरेर व्यवसायी पौडेलले गरेको सहयोग प्रति कृतज्ञ रहेको बताउनुभयो । ईन्टरनेटको सेवाले पत्रकार माहसंघमा सुचना आदानप्रदान गर्न ठुलो टेवा पुगेको तिवारीले बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला