मृतक अमृताको परिवारलाई एनआरएनए कुवेतको आर्थिक सहयोग

ZEN Travels

कुवेत । एनआरएनए कुवेतले मृतक अमृता दमाईको परिवारलाई आर्थिक सहयोग गरेको छ । पाल्पा रैनादेबी छहरा गाउँपालिका –४ घर भएकी अमृताका कुवेतमा मृत्यु भएको थियो । उनी घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत थिईन्।
आमाको मृत्यु पश्चात अभिभावकविहिन भएका बच्चाहरुलाई केहि हदसम्म भए पनि राहत होस् भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलले बताईन्।

एनआरएनए कुवेतको राहत कोषबाट कुवेती दिनार १३७ केडि ६६० फिल्स अर्थात नेपाली रुपैया ५१,००० (एकाउन्न हजार रुपैया) मृतकका आफन्त विष्णु दर्जीलाई BEC Money Exchange मार्फत उक्त सहयोग रकम पठाईएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला