एनआरएनए आरसीसी जेद्दा साउदी अरवद्वारा साहित्य वाचन कार्यक्रम सम्पन्न

ZEN Travels

ध्रुब रिजाल
जेद्दा,साउदी अरव । गैर आवासीय नेपाली संघ एनआरएनए आरसीसी जेद्दा साउदी अरवले गत मार्च १ तारिख शुक्रबारको दिन त्यस क्षेत्रका बौद्धिक वर्गलाई लक्षित गरेर साहित्यिक वाचन कार्यक्रम गरेको छ।
नेपाली महाबाणिज्य दुतावास जेद्दा साउदी अरेवीयाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा जेद्दास्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, समाजसेवी बुद्धिजीवी, साथै सर्वसाधारण, महिला,बालबालिकाको बाक्लो उपस्थिति रहेको थियो।
आरसीसी जेद्दाका अध्यक्ष भिम गुरुङको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली महवाणिज्य दूतावास जेद्दाका कार्यवाहक महावाणिज्यदुत रेवतीरमण पौडेल,विशिष्ट अतिथिहरुमा श्रम सहचारि राजु कुंवर , उप–बाणिज्यदुत झुपलाल पुन, एनआरएन एनसीसी उपाध्यक्ष ध्रुब रिजाल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरव च्याप्टरका उपाध्यक्ष अञ्जन पोखरेल रहेका थिए।
त्यसैगरि अथितिहरुमा नेपाल तामाङ घेदुङ साउदी अरवका अध्यक्ष दिल तामाङ, नेपाली सेवा समाज जेद्दाका अध्यक्ष दिनेश क्षेत्री, जेद्दा समन्वय समितिका संयोजक पूर्ण कार्की, तमुधि जेद्दाका सल्लाहकार धन बहादुर तमु, नेपाली युवा क्लबका सल्लाहकार नर कुमार मगर, एनआरएनए आरसीसी पुर्व अध्यक्ष बिष्णु न्यौपाने थिए।

आरसीसी जेद्दाका उपाध्यक्ष राजकुमार गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य समितिका कोषाध्यक्ष राजेश काफ्ले दिएका थिए भने एनआरएनएको सदस्यता तथा सदस्यता प्राप्त गर्न अपनाउनु पर्ने पक्रियाको बारेमा समितिका सदस्य रबिन शर्माले जानकरी गराएका थिए ।
कार्यंक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदुत रेवतीरमणि पौडेलले एनआरएनए आरसीसी जेद्दाले इतिहासमै पहिलो पटक यस प्रकारको कार्यक्रम गरेकोमा धन्यवाद दिदै साहित्य बारेमा आफ्नो धारणा राखेका थिए । त्यस्तै श्रम सहचारी राजु कुँवरले प्रवासमा पनि यस्ता किसिमको कार्यक्रम निरन्तर गर्न सके नेपाली भाषा साहित्यको जगेर्णा गर्न मद्दत पुग्ने बताएका थिए।
कार्यक्रममाा अतिथिहरुले आ–आफ्नो मन्तब्य दिएका थिए । प्रमुख आकर्षण साहित्य र रचना वाचनको क्रममा बिष्णु न्यौपानेको रचना वाचनबाट सुरु भएको कार्यक्रममा रेवतीरमण पौडेल, सन्तोष लुइँटेल, रामराधा घिमिरे, राजेश काफ्ले, अञ्जन पोखरेल, दिल बहादुर तमाङ्ग, राज कुमार गिरी, अर्जुन गिरी, प्रेम बराइली,आदित्य पौडेल. दिवस दाहाल, शान्ती तामाङ्ग, गुरास राई, सुमन सलामी मगर, अनिष बम्जन, लाफा मगर, अर्जुन गुरुङ, दिपकराज उपाध्याय आ-आफ्नो साहित्य रचना वाचन गरेका थिए।
रचना वाचनको अन्तयमा कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशिष्ट अतिथि द्वारा सर्जकहरुलाई सम्मान गर्दै प्रशंसाؘपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापति भिम गुरुङले उपस्थित सबैलाई धन्यवाद दिदै साहित्य वाचनमा उल्लेख्य उपस्थिति र यस क्षेत्रमा नेपालीहरुको चासो, रुची देख्दा भविष्यमा चाडैनै यस किसिमको कार्यक्रम बृहत रुपमा आयोजना गर्ने इक्षा व्यक्त गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला