१७ धार्मिक संघ संस्था द्वारा ७ दिने भ्रामक क्रियाकर्मको बिरोध

ZEN Travels

आम सर्व साधारणलाई सचेत रहन आग्रह |

केहिदिन पहिले ताप्लेजुंगमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका स्व.रबिन्द्र अधिकारिको अन्त्यष्टि कर्म परिवारले ७ दिनमा गर्ने भनि श्रदांजलि सभामा उद्घोष गरे संग DPC नेपालका सुजन बाबु पौडेलले श्रदांजलिमा नै  बिरोध गरेका थिए |

हिजो पोखरामा बिश्व हिन्दु महासंघ कास्की द्वारा विभिन्न धार्मिक संघ सस्थांको समन्वयमा पत्रकार सम्मेलन  गरि अधिकारि परिवारले धार्मिक संस्कारलाई सुधारका नाममा मेटाउने प्रपन्च रचेको आरोप लगाएको छ |

बाहिर जनमानसमा ७ दिने क्रिया कर्म भनेर हल्ला गरियो तर पण्डित गुरु राखेर हिन्दु संस्कारका कुनै पनि काम गरिएन | अब भन्नुहोस श्रदांजलि सभा गर्नुलाई के क्रिया कर्म भनिन्छ ? जहाँ कुनै व्यक्तिको निधन हुदाँ काजक्रिया संगै अन्य धार्मिक क्रियालाकाप हुदैन त्यहाँ तिलक वा पहेंलो टिका को के अर्थ ? प्रश्न गर्दै धार्मिक अभियन्ता कमल पौडेलले भन्नु भयो |  राजनैतिक परिवारको मानिस हो उहाँलाई  भोलि भोट आवश्यक पर्छ हिन्दु समाजमा भोट माग्न जादाँ के भन्छन भनि ०७ दिने क्रिया  कर्म भन्नु र श्रदांजलि सभामा उपस्थिति जनाउदा पहेलों टिका र तिलक धारण गरेर देखिनु भित्र राजनैतिक आवरणमा धार्मिक संस्कार मेटाउने प्रपन्च रचेको आरोप लगाउनु भएको छ |  धार्मिक संस्कार मान्नु वा नमान्नु आफ्नो स्वतन्त्रता भए पनि संस्कारलाई तोडमोड गरि समाजमा भ्रम फैलाउन नहुने तर्क गर्नु भएको थियो |

कार्यक्रममा धार्मिक अभियन्ता बाशुदेव चालिशेले हाम्रो धर्म संस्कार माथिको प्रहारलाई  हामीले सहेर बस्न नहुने वताउदै यस्ता क्रियाकलापले हाम्रो धर्म संस्कार लोप हुने खतरा रहेको औलाउदै हामीले हाम्रो धर्म संस्कार जोगाउन लागि पर्नु पर्ने बताउनु बताउदै देशको पहिचान ममाथि हिलो छ्याप्ने काम गरिएको गुनासो गर्नु भएको थियो | धर्म सभाका उपाध्यक्ष ठाकुर बरालले हाम्रो धर्म संस्कार माथि भरहेको प्रपन्च प्रति सचेत रहन आग्रह गर्दै हामि हाम्रो संस्कार जोगाउन अघि नसरे हाम्रो अस्तित्व सकिने बताउनु भएको थियो |

 संस्कृत छात्र परिषद् नेपालका अध्यक्ष तथा बाचक गुरु रामु सिग्देलले क्रिया बिना प्रेत पितृ हुन् नसक्ने बताउदै परिवारमा अनिस्ट हुने ठोकुवा गरेका थिए |

बिश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष

श्रद्धाञ्जलीसभा गरेर किरियाकर्मको संस्कार पूरा नगरिएको भन्दै त्यसलाई किरियाकर्म भन्न नमिल्ने विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले बताए । ‘राजनीतिको आडमा धर्ममाथी आक्रमण गर्न पाईंदैन । मन नभए किरियाकर्म नगर्न पाईन्छ, उनले भने–तर कुनै प्रक्रिया नै नपु¥याई श्रद्धाञ्जली सभालाई काज किरिया भनेर दुष्प्रचार गर्न पाईंदैन । हिन्दु धर्मलाई कमजोर ठाने धार्मिक युद्ध निम्तिन सक्छ ।’

त्यस्तै नेपाल संस्कृत बिश्वबिद्यालयका सहप्राध्यापक चतुर्भुज शर्माले आफुले श्रद्धाञ्जलीसभामा  भन्दै नभनेको भनाई राखी आफ्नो मान मर्दन हुने गरि पत्रिका तथा अनलाइनमा धार्मिक संस्कार सुधार बारे मेरो नामबाट आएको भनाइ मेरो नभएको र यहाँ कुनै खेल रचिएको गरिएको बताउदै आफुलाई  black mailing गरिएको महसुस भएको बताउनु भएको थियो | आफुले खण्डन छाप्न लागेको बताउनु भएको थियो | सपिंडी नजोडी कसरि क्रिया हुन्छ ? क्रिया कर्म १३ दिन नै हुन्छ यो बिषयमा भ्रममा नपर्नु हुन आम सर्व साधारणलाई आग्रह गर्नु थियो  |

बिश्व हिन्दु महासंघ कास्की अध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रम कमल पौडेलले  संचालन गर्नु भएको थियो |

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला