इथियोपियन विमान दुर्घटनामा मृत्यु भएकी नेपाली युवती को हुन् ?, भाग्यले बाँचे अर्का नेपाली

ZEN Travels

फागुन २७ ।
मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै थिइन् ।

डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका छन् । दुर्घटनाग्रस्त उक्त विमानमा एक नेपाली पनि सवार रहेको विमान कम्पनीले यसअघि जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख थियो । पीडितको विवरण भने सार्वजनिक गरिएको थिएन् ।

‘बिमान दुर्घटना परेका नेपालीको को हुन खुल्न सकेको छैन’ गैर आवासीय नेपाली संघ केन्याका अध्यक्ष कृष्ण भट्टले भने, ‘इथोपियामा रहेका नेपालीहरुसँग सम्पर्क गरेका छौ । केन्याका विमानस्थलमा पनि सोधखोज गर्यौ । एक नेपाली पनि विमानमा दुर्घटना परेको मात्रै खुलेको छ । नाम खुल्न सकेको छैन ।’

सो विमान दुर्घटना परि ३३ देशको नागरिकको मृत्यु भएको एयरलाइन्सले जनाएको छ । सो विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन् । त्यसैगरी इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन् । राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो ।

भाग्यले बाँचे अर्का नेपाली

टिकटमा भएको ढिलाइका कारण इथोपियामा आइतबार भएको विमान दुर्घटनाबाट एक नेपाली जोगिएका छन् । इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको थियो । दुर्घटनामा परि चालक दलका ८ जना सदस्य र १ सय ४९ जना गरी १ सय ५७ जनाको मृत्यु भएको थियो ।

सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण जोगिएका छन् ।

जिसीले फेसबुकमा उक्त कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको बताएका छन् । साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला