‘राष्ट्रघाती सम्झौता गर्ने प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ – भण्डारी

ZEN Travels

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथकतावादी सिके राउतसंग राष्ट्रघाती सम्झौता गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदमले सिङगो मुलुकको शीर निहुराएको भण्डारीको भनाई रहेको छ । पछिल्ला घटनाक्रम हेर्दा अदालतमा सेटिङ मिलाए राउतलाई रिहाई गरिएको र सम्झौता गरिएको समेत भण्डारीको तर्क छ । सरकारसंग सम्झौता पत्रमा हस्ताक्षर गरेर जनकपुर पुगेका राउतले जुन हर्कत देखाएका छन् त्यो नेपाल र नेपाली जनतालाई स्वीकार्य नहुने समेत उनले बताए ।

‘राष्ट्रिय स्वाधिनताकाका विषयमा निर्णय गर्दा सरकारले प्रतिपक्ष ,अन्य राजनीतिक दल र बुद्धिजीविहरु संग गहन छलफल गर्नुपर्ने तर पृथकतावादी राउतसंग सम्झौता गर्दा यो विषयमा सरकार चुकेको छ’, भण्डारीले भने ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला