विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा

ZEN Travels

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारी उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।यो पनि पढ्नुस्प्रहरी भन्छ– अब विप्लवका कार्यकर्ता जहाँ भेट्यो, त्यहीँ समातिन्छन्गोपाल किराती भन्छन्– वार्तामा नआएर विप्लवले गल्ती गरे !

यो पनि पढ्नुहोसविप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् । एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हिजो संसदमा गृहमन्त्रीले जे बोल्नु भएको थियो, त्यही विषयलाई प्रस्ताव लैजानु भएको थियो । त्यसअनुसार नै निर्णय भएको छ ।’

उनका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे व्रिफिङ गरेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली विप्लव समूहप्रति सार्वजनिक रुपमै आक्रामक बनेका थिए ।

उनले लुटेर समूहको संज्ञा दिनुका साथै बम पड्काउने, चन्दा असुल्नेहरुसँग वार्ता नगर्ने बताएका थिए । मंगलबार मात्र पनि बैदेशिक रोजगार व्यवसायीहरुसँग भएको भेटमा विप्लव समूहसँग वार्ता गर्नुको औचित्य नभएको बताएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला