‘वाइल्ड’ हुन चाहने प्रियंका

ZEN Travels

नायिका प्रियंका कार्की यतिबेला इन्डोनेशियाको  बाली पुगेकी छिन् । पर्यटकहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको बालीमा प्रियंका र उनका प्रेमी नायक आयुष्मान देशराज जोशी पुगेका हुन् । नायिका कार्कीलाई आयुष्मानले सरप्राइज ट्रिप दिएका हुन् । केही दिनदेखि बालीमा मस्ती मुडमा रहेको यो जोडीले आफूहरुको तस्बिर सार्वजनिक पनि गरिरहेको छ ।

यसैविचमा, नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम पेजमा वाइल्ड हुन चाहन्छु भन्दै हट फोटो पोष्ट गरेकी छिन् । प्रियंकाले अगाडि लेखेकी छिन्–‘म समुन्द्र जस्तै विशाल, सुन्दर र स्वतन्त्र हुन चाहन्छु ।’ उनले कुनै तस्बिरमा आयुष्मानको प्रेममा आफू डुबेको समेत उल्लेख गरेकी छिन् । आयुष्मानले विगत २ बर्षदेखि दिएको प्रेममा आफू हरेक समय डुबेको उनले उल्लेख गरेकी छिन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला