Breaking-पोखराको विभिन्न स्थानमा शंकास्पद बस्तु भेटियाे, सुरक्षा ब्यवस्था कडा

ZEN Travels

पोखराको सभागृहचोकमा श‌ंकास्पद बस्तु भेटिएको छ । सभागृहचोकमा रहेको ट्राफिक डोममा शंकास्पद बस्तु राखिएकाे हो । उक्त बस्तु सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेकाे छ ।

यतिबेला सभागृह चोकमा मान्छेहरुको भीड छ । पृथ्वीचोकदेखि अगाडी नजान प्रहरीले आग्रह गरेको छ । त्यस क्षेत्रमा प्रहरी सुरक्षा बढाईएको छ । थप विवरण आउन बाँकी ।

पोखराको लेखनाथ स्थित भण्डाढिकमा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ ।

भण्डाढिकमा पृथ्वी राजमार्गमै भेटिएको सकेटबमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । सकेट बम बिहान करिव ८ : ४५ बजे डिस्पोज गरिएको हो ।

सकेटबम भेटिएको जानकारी पाएलगत्तै राजमार्गमा डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएर सवारी साधन र सर्वसाधरणलाई उक्त ठाउंमा जानबाट  रोक लगाएका थिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले नेपाल बन्दको घोषणा गरेको दिनको बिहानी पख शंकास्पद वस्तु भेटिएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला