भगवति मन्दिर व्यवस्थापन समिति खत्रीटो कुस्माको अध्यक्षमा इश्वर खत्री ।

ZEN Travels

पर्वत ।
कुस्मा नगरपालिका वडा नम्बर ५ खत्रीटोल स्थित भगवति मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले इश्वर बहादुर खत्रि क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । मन्दिर व्यवस्थापन समितिका पदाधिकारी सहितको अधिवेशनले खत्रीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा शर्मिला कुमारी शर्मा आचार्य,सचिवमा गोकुल चापाँगाइ,कोषाध्यक्षमा इन्दीरा भण्डारी र सहसचिवमा शोभा भण्डारी रहनुभएको छ । भने,सदस्यहरुमा इन्दीरा पोख्रल,नरेन्द्र बहादुर खत्रि,लाल बहादुर खत्रि,होम बहादुर खत्रि,मोहराज शर्मा र राम बहादुर खत्रिलाई चयन गरिएको हो ।
अधिवेशन तथा साधारणसभामा बोल्दै प्रमुख अतिथि कुस्मा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चित्रकला शर्माले नयाँ कार्य समितिलाई बधाई सहित शुभकामना ब्यक्त गर्नुभयो । उहाँले भगवति मन्दिरको चौतर्फी बिकासमा वडाको तर्फबाट आवश्यक सहयोग गर्दै मन्दिरलाई आम समूदायमा लान समितिसंग सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
भगवति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गिरि बहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कार्य समितिका सदस्य अच्यूत तिबारीले शुभकामना मन्तव्य र सदस्य खेम क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला