‘ओली सरकारले संविधानका धाराहरुमा रहेर काम गरेन’

ZEN Travels

  कुस्मा ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ मन्त्री महेश आचार्यले वर्तमानको कम्युनिष्ट सरकारले संविधानका धाराहरुमा रहेका नियमावली कुल्चेर काम गर्न थालेको बताउनुभएको छ ।
 कार्यकर्ता भेटघाट कार्यक्रममा कुस्मामा आउनुभएका आचार्यले वर्तमान अर्थमन्त्री युवाराज खतिवडाको रोहवरमा सरकारले विश्व बैंक संग सम्झैता गर्दै प्रदेश र स्थानीय तहहरुलाई शशक्त वनाउने जनाएको भए पनि तल्लातह सम्म निकाशा भएको रकम किन आएन भन्दै जनप्रतिनिधीहरुले सरकारलाई झकझकाउनु पर्ने बताउनुभयो । उहाँले काँग्रेस सरकारका पालमा शुरु भएका योजनाहरु के.पी ओली स्वयले विफल बनाउँदै हिँडिरहेको भन्दै सजग हुन आनुरोघ गर्नुभयो ।
 फरक प्रसंगमा बोल्दै आचार्यले माहसमिति बैंठकमा भएका सम्झैताहरु कार्यान्वयन गर्न सभापतिसंग बसेर समाधान गर्न आफु केन्द्रित हुने बताउनुभयो । निवार्चनमा हार्दैमा काँग्रेसजनहरु  अतालिनु नपर्ने बताउँदै स्थानीय तह,भातृ तथा स्वेछुक संस्थामा रहेका काँग्रेसजनहरु संगठन बिस्तार गर्न गाउँगाउँ जानुपर्ने समय आएको बताउनुभयो ।
 नेपाली काँग्रेस पर्वतका उपसभापति दूर्गा बहादूर खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व सभासद रेशम बाँनिया,प्रदेश सभाका सदस्य ललितकला गुरुङ,कुस्मा नगरपालिकाका उपमेयर सीताकाफ्ले लामिछाने, पूर्व पार्टी सभापति नवराज गुरुङ, माहसमिति सदस्य बसन्त बहादुर सि.के,काँग्रेस पर्वतका नेता राम शर्मा पौडेल लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सदस्य डा.चुणमडी शर्मा आचार्यको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । पार्टी कोषाध्यक्ष याम बहादुर मल्ल‘रामकृष्ण’ले स्वागत मन्तवय राख्नुभएको थियो भने,कार्यक्रमको सञ्चालन सचिव विश्व प्रकाश प्रसाँइले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला