सामाजिक काममा स्वार्थ जोड्नु हुन्न्–सरोज खनाल

ZEN Travels


पर्वत ।
यहाँको स्थानीय सरकारलाई पाठ सिकाउँदै फलेवास नगरपालिका ३ का रहेको सिमखेत युवा क्लवले समाजपाच्य गतिबिधिहरु गर्दै आइरहेको छ ।
क्लवका अध्यक्ष सरोज खनालको पहलमा यहाँ धेरै सामाजिक कामहरु भइरहेका छन् । हालै,उनले क्लवलाई सामाजिक कामको कोषेढङ्गाका रुपमा स्थापीत गर्ने लक्ष्यका साथ लागि परेका छन् ।
गाउँवस्ती सरसफाई राखौं भन्दै उनले विभिन्न ब्यक्तिहरु संग सहयोग खोजेर त्यहाँका ८० वटा डस्टिवन बितरण गरेका छन् । सो,अवसरमा उनले त्यहाँका स्थानीयलाई सामाजिक बन्न आग्रह गरेका थिए । उनले सवैको भवना बुझदैं सवै राजनेताले राजनीती गर्नपर्ने बताए ।
क्लवले आयोजना गरेको डस्टबीन वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सचिव तथा नेष्डो नेपालका अध्यक्ष बिश्वप्रकाश प्रसाईँले समाजका ब्यक्तिहरुले ठूलो मान्छे बन्नुभन्दा पनि असल मान्छे बन्ने प्रयास गरेमा समाजमा सकारात्मक सोचको विकास हुने बताए । स्थानीय महिलाहरुलाई स्वालम्बी बन्नका लागि अनुरोध गर्दै उहाँले त्यसका लागि आँपूmले आप्mनो ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । क्लबले डस्बीन बितरण गर्नु उदाहरणीय काम भएको उल्लेख गर्दै प्रमुख अतिथि प्रसाईँले नेताहरुमा बोलेर काम नगर्ने बानी रहेकोतर्पm संकेत गर्दै नेताहरुले काम गरेर बोलेमा मात्र नागरिकले नेताहरुप्रति विश्वास राखे ।
अर्को प्रसंगमा उहाँले यस अगाडिका आन्दोलनको नेतृत्व काँग्रेसले गरेका कारण नै देशको विकास भएको दावी गर्दै देशमा गणतन्त्र र संबिधान ल्याउन काँग्रेसको नै महत्ववपूर्ण हात रहेको उल्लेख गरेका थिए । कार्यक्तममा बोल्दै सिमखेत यूवा क्लबका अध्यक्ष शरोज खनालले डस्टबीन उपलब्ध गराउनुहुने बिभिन्न व्यक्तित्व तथा निकायहरुप्रति धन्यवाद त्रापन गर्दै साना कामहरु बाटै नै समाजको विकास हुने बताउनुभयो । आँपूm आप्mनो समाजको परिवर्तनको लागि सदैव लागिरहने उहाँको भनाई छ । कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व सदस्य महेन्द्रबहादुर कार्की, कर्मचारी संघ पर्वतका पूर्व अध्यक्ष होमनाथ अधिकारी, भूपू सैनिक संघ पर्वतका अध्यक्ष खड्कबहादुर कार्की, गणेश टोल विकास समितिका अध्यक्ष हेमप्रसाद अधिकारी, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिव, जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापा, प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाईली, क्लबका सल्लाहकार शिव अधिकारी लगायतले बोल्नुभएका थिए । क्लबका अध्यक्ष सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सरस्वती कार्की र संचालन नेपाल विद्यार्थी संघ फलेवासका अध्यक्ष सन्तोष पाठकले गरेका थियो । कार्यक्रममा गाउँमा रहनुभएका ४ जना जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला