अधिकारी भन्छन्–प्रतिष्ठानले अब एम्बुलेन्स चलाउन आवश्यक छ

ZEN Travels

पर्वत –

अधिकारी बंश प्रतिष्ठानकी साधारण सदस्य तथा समाजसेवी पर्वतको कुश्मा नगरपालिका ९ की इन्द्रकला अधिकारीको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको छ । उहाँको निधन भएको ५ औँ दिनको पुण्य तिथिमा काश्यप गोत्रीय अधिकारी बंश प्रतिष्ठान कुश्मा नगरपालिका ९ को वडा समितिको आयोजनामा श्रद्धाञ्जली सभा गरिएको हो ।

सभामा बोल्दै अधिकारी बंश प्रतिष्ठानका केन्द्रिय सदस्य गोविन्द अधिकारीले स्वर्गीय ईन्द्रकलाको दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै उहाँको निधनबाट शोकमा परेका परिवार, आफन्तजन र छिमेकी सबैलाई धैर्य धारण गर्न अनुरोध गर्नुभयो । इन्द्रकलाले समाजको लागि राख्नुभएको सकारात्मक सोच सधैँभरी सबैको स्मरणमा रहने उहाँको भनाई छ । यस्तै, अर्को प्रसंगमा उहाँले अधिकारी बन्धु प्रतिष्ठान जात र धर्मको आधारमा लडाईँ गर्न नभइ अधिकारीहरुको इतिहास खोज्नका लागि भएको बताउनुभयो । केन्द्रबाट अधिकारीहरुको बंशावली प्रकाशन गर्न लागिएको जानकारी दिँदै यदि कसैको नाम छुटेको भएमा पुन थप गरीने पनि बताउनुभएको छ । केही समय अगाडि भएको एउटा भेलाले देशैभरका सबै अधिकारीहरु एकै ठाउँमा उभिएर जाने सहमति गरेको पनि केन्द्रिय सदस्य अधिकारीको भनाई छ । उहाँले प्रतिष्ठानले केही एम्बुलेन्स संचालन गर्न सुझाव दिँदै प्रतिष्ठानको आप्mनै भवन निर्माण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

श्रद्धाञ्जली सभामा प्रतिष्ठान जिल्ला कार्यसमितिका संस्थापक अध्यक्ष प्रेमनारायण अधिकारी, बरीष्ठ उपाध्यक्ष चिरिञ्जवी अधिकारी, सचिव गणेश अधिकारी, नगर समितिका अध्यक्ष लोकनाथ अधिकारी, घर परिवारको तर्पmबाट भोलानाथ अधिकारी लगायतले बोल्नुभएको थियो । वडा समितिका सचिव गोविन्दराज अधिकारीले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका वडा समितिका अध्यक्ष पिताम्बर अधिकारीले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला