कांग्रेसको स्पेन अधिवेशन स्थगित

ZEN Travels

बार्सिलोना । नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रबाश स्थित भात्री संगठन नेपाली जनसम्पर्क समिति स्पेनको अधिबेसन अनिश्चितका लागि सरेको छ ।

‘अधिनायकवादी कम्युनिष्ट ओली सरकारको जनविरोधी क्रियाकलापविरुद्ध प्रबाश , जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोलसम्म विस्तारित हुने ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नेपाली काँग्रेसद्धारा घोषणा गरिएको स्मरण गराउँदै मुख्य सचिब कृष्ण प्रसाद पौडेलले यो अभियानमा हातेमालो गरि अधिबेसन स्थगित गर्नु भनेर पत्र पठाएको निर्बाचन संयोजक अनिल गुरुङले बताउनु भयो । नेपाली कांग्रेसको केन्द्रिय समितिले मिति तय गरिएका जनसम्पर्क समितिहरुको अधिबेसन स्थगन गरि जागरण अभियानमा केन्द्रित हुन निर्देशन गरेको छ । अर्को सूचना जारी नभएसम्म अधिवेशन नगराउन केन्द्रीय कार्यालयले हालै परिपत्र गरेको गुरुङले बताए । साथै जनसम्पर्क समितिलाई परिपत्र मार्फत यो समयमा आफ्नो कार्यक्षेत्रमा ‘ नेपाली जागरण ‘ अभियान संचालन गर्न आग्रह गरेको छ ।

मे १९ का दिन अधिबेसन गर्ने भनेर प्रचार प्रसार गरिएपनि अधिबेसन स्थगित भएको कुरा जनमासमा जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्मा अधिकारीले बताएका छैनन् । १ मे मा भएको अन्तिम नामावली जहाँ अध्यक्ष , बरिष्ठ उपाध्यक्ष र सदस्यहरुको मात्र निर्बाचन गर्नुपर्ने भएको छ भने बाकि निर्बिरोध भैसकेका छन् |

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला