बाजुङ्ग लाम्पटको पौडेल कुल मन्दिरलाई शर्मा मेटल उद्योग कुस्माले पर्खाल र प्रवेश गेट निर्माण गर्ने प्रतिवद्धता ।

ZEN Travels

पर्वत ।
मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङ्ग लाम्पटमा त्यहाँको कलमपोखरी पौडेल कुल मन्दिर निमार्ण समितिले निमार्ण गर्न लागेको बराह मन्दिरमा सहयोग प्राप्त भएको छ ।
आज कुस्मामा रहेको शर्मा मेटल उद्योगका सञ्चालक कृष्ण शर्माले निमार्ण समितिका सचिव चन्द्र प्रकाश पौडेल‘सुमन’ लाई सो मन्दिरको सुरक्षाका लागि पर्खाल निमार्ण सहित प्रवेश गेट गर्ने प्रतिबद्धता समेत गरेका छन् । शर्माले आफनो उद्योग मार्फत कुल मन्दिरको पर्खाल निर्माणमा लाग्ने सामान सहित श्रमद्धान समेत गर्ने बताएका छन् ।
मन्दिर निमार्ण समितिका सचिव चन्द्र प्रकाश पौडेलका अनुसार बाजुङ्ग लाम्पट पौडेल कुल मन्दिर निमार्ण समितिले कुल मन्दिर सहित पानीको सहज पहँच पु¥याउन पानी ट्याङकी समेत निमार्ण गर्न लागेको छ ।
अहिले बाजुङ्ग लाम्पटमा रहेका कलमपोखरी पौडेल कुल मन्दिरमा आवध १ सय १३ जनाले मन्दिर सहित १ सय ८ दिप स्ट्याण्ड र सत्तल निर्माण गर्न जुटेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला