एनआरएनए जर्मनीले नेपाल पर्यटन बर्ष २०२० को प्रचार प्रसार तिब्र गर्‍यो

ZEN Travels

गैर अवासिय नेपाली संघ जर्मनीको समन्वय मा जर्मनीको बिभिन्न शहरहरुमा नेपाली कला तथा संस्कृतिको प्रबर्द्धन गर्न एबम जर्मन कला तथा संस्कृतिसित समानन्तर दिशामा बिकास गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ। नेपाल सरकार ले घोषणा गरेको नेपाल पर्यटन बर्ष Visit Nepal 2020 बर्षको बिशेष जानकारी मुलक कार्यक्रम ११ मे २०१९ शनिबारका दिन Rheinland-Pfalz सुन्दर शहर Zweibrückenमा नेपाल लगाएत बिभिन्न देशहरुका बिच पर्यटन प्रबद्धन तथा बिभिन्न सांस्कृतिक कार्यक्रमहरू स्थनिय नगर सरकारसित संयुक्त आयोजन गरियो।

एनआएएनएका अध्यक्ष बिजय मोक्तान र कार्यकारिणी सदस्य श्रीमती करुना राईको पहलमा नेपाली कला संस्कृतिको प्रबर्द्धन र नेपाली विभिन्न परिकारहरुको मीठो स्वाद तथा नेपाली नृत्यले धेरै मनोरञ्जन बनाएको थियो। स्मरण रहोस श्रीमती राईको पहलमा बिगतका बर्षहरुमा पनि यो कार्यक्रम हुने गर्दथियो।
नेपाल पर्यटन बर्ष २०२० सम्बन्धी जानकारी मुलक सामाग्रीहरु नि: शुल्क बितरण गरिएको एनआरएनए जर्मनिका अध्यक्ष मोक्तानले बताए। एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष तथा जर्मनीका लागी नेपाल पर्यटन दुत दिल गुरुङले शुभकामना तथा नेपाल पर्यटन बर्ष सम्बन्धी सामग्री पठाइएका थिए भने अर्को पर्यटन दुत सन्तोष भट्टराईको प्रत्येक्ष सहभागी रहेको थियो।

धेरै जर्मनहरु नेपाललाई माया गर्ने र नेपालको यात्रा गर्न चाहना भएकोले नेपाल सम्बन्धी जानकारी लिन धेरै उत्सुकता देखाएका थिए। नेपाली हस्तकला, बस्तुकलाको प्रदर्शन र देवकी मगरको आकर्षण नृत्यले प्रतिकुल मौसमका बाबजुद पनि धेरै मनोरञ्जन बनाएको थियो।

बिश्वका २५ वटा राष्ट्रहरुको सहभागीता रहेको कार्यक्रममा स्थानिय मेयर डाक्टर
स्चन्ने-राबले कार्यक्रमको सुरुवातीमा सबैलाई स्वागत तथा शुभकामना ज्ञापन गरेका थिए। जर्मनीको विभिन्न शहरहरुमा रहने धेरै नेपालीहरु सहभागीयता रहेको एनआरएनए जर्मनीका अध्यक्ष बिजय मोक्तानले जानकारी गराए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला