देशका १५ जिल्लामा निषेधाज्ञा लागू

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहीबार ०४:५८

कोरोना महामारीको जोखिम बढेपछि सङ्क्रमण दर रोक्न सरकारले आजदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी गरेको हो । काठमाडौं उपत्यकाका ३ जिल्लासहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की,लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।काठमाडौं उपत्यका र रुपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् ।आजबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान देखिएका छन् । निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । सङ्क्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।सङ्क्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ । सङ्क्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर निषेधाज्ञाको सयमावधि थप गर्न सक्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ ।

(Visited 18 times, 1 visits today)

१६ बैशाख २०७८, बिहीबार ०४:५८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....