प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त, विश्वासको मत लिन असफल

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार १२:१५

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ । प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै उहाँको नेतृत्वमा रहेको सरकार गिरेको छ ।

उहाँले पक्षमा जम्मा ९३ मत प्राप्त गर्नुभएकाे छ । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे ।

विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ । अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन् ।

तर राष्ट्रपतिले सरकार गठनका लागि कसरी आह्वान गर्नुहुन्छ भन्नेतर्फ सबैको ध्यान गएको छ ।

(Visited 54 times, 1 visits today)

२७ बैशाख २०७८, सोमबार १२:१५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....