बाजुरामा भारी बर्षा संगैको बाढी पहिरोमा परि तीन जनाको अवस्था अज्ञात

ZEN Travels

लक्ष्मीराज पाध्या
बाजुरा जेठ २५ गते।
गएराती आएको भारी बर्षा संगैको बाढी पहिरोमा परी कोल्टीमा तीन जनालाई बेपत्ता बनाएको छ ।स्थानिय कर बुढा, दिनेस बुढा र गोरे रोकाया तिनै जनाको अवस्था अज्ञात रहेको बताइएको छ । राति बाढीमा परी घाइते भएकी विमला बुढाको भने जिवितै उद्धार गरिएको छ । राति बर्षा संगै पहिरो आए पछि कोल्टी २ का आधा दर्जन घर पुरिएका छन् ।
अहिले सम्म विमला बुढा र साधन बुढा घाइते अबस्थामा भेटिएका छन । नेपाली सेना नेपाल प्रहरी र स्थानिय बासीले उनको जिवितै उद्धार गरी अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भै रहेको छ । बाढीमा परी उनी गम्भीर घाइते वनेकी छन कोल्टी गाबिसको वार्ड नम्बर २ मा मुसलधारे पानी पछिको पहिरोबाट कोल्टी बजारको जनजीवन कष्ठकर वनेको छ । हराईरहेका हरुको खोजी कार्य जारी रहेपनी अहिले सम्म उनीहरुको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ ।

रातिको बाढी पहिरोले कर बुढा ,विष्णु विक, काशीचन्द बोहरा, मनिचन्द्र बुढा,खन्टे तिरुवाको घर बगाएको छ । पहिरोले पदमलाल भारतीको घर वगाउनुका साथै तीन गाई गोरु पनी बगाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहोराका अनुसार पूर्ण रुपमा क्षतीको बिबरण आएको छैन ।
हावाहुरी संगैको बर्षाले कोटीला गाबिस वडा नं १ का शिवराज पाध्याको घर उडाएको छ भने वडा नं ८ मा नन्दविर जैसीको घरभित्र पानी परेको र पहिरोले खेतवारी बगाएको छ । त्यस्तै बाधु र वाई गाविसमा पनि ठुलो क्षती भएको प्रहरीले जनायो । भएको बताइएको छ । अहिले सम्म मानविय क्षति भएको जानकारी छैन । यस अघि २०६९ साल जेठ १८ गते आएको बाढी पहिरोमा पाँच जनाले ज्यान गुमाएका थिए भने दर्जनौ परिवारको उठिबास भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला