बाजुराको बाढी पिडीत बस्तीमा खाने पानिको हाहाकार

ZEN Travels

लक्ष्मीराज पाध्याय/
बाजुरा, जेठ २७ गते ।
जिल्लाको कोल्टी बाजारमा रहेका बाढी पीडीत बस्तीमा खाने पानिको हाहाकार भएको छ । शनिवार राति आएको बाढी पहिरोले धन जनको क्षेति संगै खाने पानीका मुहान र पाईप बगाए पछि सो क्षेत्रमा खाने पानीको हाहाकार भएको पिढीतले गुनासो गरेका छन । सो राति १० वजेतिर एक्कासी आएको अविरल पानी संगैको बाढी पहीरोले स्थानियको सहिनसक्नु गरी क्षेति गरे पछि पुरै बस्ती बिस्तपीत हुन पुगेको छ ।
विस्थापित परीवार लाई अन्य खाना भन्दा खाने पनिको बढी समस्या हुदा हाल स्थानिय कुन्नाखालाको प्रदुसीत पानी खान बाध्यभएका छन । खोलामा खबगेर आएको लेतोलाई छानेर खाने गरेको पिढीत सन्तोस शाहीले दुखेसो गरेका छन । शाहीले भने “ हाल हामी हरु चौरमा पाल टाँगेर बसीरहेका छौं खानेकुरा पनि छौन सबै पहिरोले बगाई सक्यो क्या खाएर बस्नेहो हामीलाइ खाने पानिको समस्या भएको छ हाल आएर दुई घण्टा हिडेर खोलाको फोहोर बगेको पानि खान बाध्य भएका छौ पानिका पाइपहरु सवै पहिरोले बगाएर पुरै क्षेती गरीसकेको छ हामीलाइत सहीनसक्नु गरी पिडा थपियो यो अबस्थाले त हम्रो उठी बास भैसकेको छ ” त्यस्तै आखाँ भरी आँसु झारेर आफ्नो दुखेसो गर्नु हुन्छ स्थानिय लालु बोगटी “ मेरो त हालतै खराब भैसकेको छ बस्ने घर पनि बगायो भर्खरै नेपाल गन्जबाट १० लाको सामान ल्यएँ दोकानमा राखेको दुइ दिन नहुदै सबै बगायो बालबच्चा कसरी पाल्न्याहो काँ जानेहो जाने ठाँउ पनि छैन हाल छिमेकीको घरमा बसेका छौ खाने पनि नहुदा खोलाको पनि खानुपर्ने बध्यता भएको बताएका छन” ।
शनिवार राती आएको अविरल वर्षा संगैको बाढी पहिरोले तिन जनाको मृत्यु भएको थियो, भने चार जना घाईते भएका थिए । बाढी पहिरोले जर्दनौ घर बगाउँदा लाखौको क्षति हुनुका साथै कोल्टी बजार तहसनहस भएको थियो । बाढीले करविर कडाराको घरमा भाडामा बस्दै आएका ५८ बर्षका गोरे बुढा कोल्टी गाविस ८ का ४० बर्षका कर बुढा र उनका छोरा ५ बर्षका दिनेस बुढाको मृत्यु भएको थियो । घरमै च्यापिएकी बिमला रोकायाको भने जिवितै उद्धार गरिउएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । राति परेको अत्याधिक पानी संगै आएको बाढी पहिरोले सो क्षेत्रका दर्जनौ घर सहित पसलमा भलपानि पस्ता लाखौको क्षति भएको थियो ।
बाढी पहिरोले दर्जनौ बस्ती बगाएर पुण क्षेती पुर्याउनुका साथै धनजन र पशुचौपाया क्षेति भएको थियो । बाढीले पुरै बजारनै तहसनहस हुनुका साथै बाजारमा बस्ने बर्म शाही, कालीबहादुर शाही, नबराज शाही , अस्मीता विक, हेमबहादुर शाही उमेस शाही ,मन्दीर शाही,लालु बोगटी भोटे, पदम शाही, लगाएतका पसलहरु पुण रुपमा क्षेति पुर्याएको थोयो भने दर्जनौ घर आँम्सीक क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
बाढीले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, चन्द्रनाथ निमावी जंसाल र देवलकाँडा मावि विद्यालय भवन बगाउँनुका साथै बजार र आसपास गाउँको खानेपानीको मुहान बगाउँदा अन्य ठाउमा समेत खानेपानीको हाहाकार भएको स्थानीय कपुर शाहीले बताएका छन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला