नेकपा एमालेको स्थायी कमिटी बैठक बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइयो

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलवार ०३:५५

नेकपा एमालेले आफ्नो पार्टीका असन्तुष्ट नेताहरूको गतिविधि पार्टीको विवाद समाधानका लागि बाधक भएको भन्दै स्पष्टिकरण नदिने नेतामाथि कारबाहीको तयारी गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरण नदिने नेता र उनीहरूको भूमिकाका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद मिलाउनका लागि हरकोसिस गरे पनि परिणाम सकारात्मक निस्कन नसकेको सीआईएनसँग बताउनुभयो । उहाँले नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभियान चलाएका कारण जटिल अवस्था आएको उल्लेख गर्नुभयो ।

यही जेठ १० गतेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

 

(Visited 13 times, 1 visits today)

१८ जेष्ठ २०७८, मंगलवार ०३:५५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....