प्रधानमन्त्री हिँडेपछि महत्वपूर्ण बिषयहरु अलपत्र

ZEN Travels

काठमाडौ असार २ गते ।
प्रधानमन्त्री शुसील कोेईराला छातीमा सेतो दाग देखिएपछि त्यसको यकिन गर्न अमेरिका जाँदै छन् । संबिधानसभामा महत्वपूर्ण बिषयमा छलफल भैरहेको छ । उनको अनुपस्थितीमा २६ सभासद मनोनयन, संसदीय समितिका सभापति चयन, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत केही महत्वपूर्ण काम प्रभावित हुने देखिएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटका काम प्रधानमन्त्रीबिना अघि बढाउन नसकिने समस्या रहेको छ ।
सरकारले जेठ अन्तिममै नीति तथा कार्यक्रम र असार १ भित्र बजेट प्रस्तुत गर्नेगरी पूर्वबजेट छलफलका लागि जेठ १६ गते बैठक आह्वान गरेको थियो। पहिलो दिनदेखि नै विपक्षी दलले सदन अवरुद्ध गरेपछि १२ दिनपछि बल्ल सुचारु भयो।
तीन दिन पूर्वबजेट छलफल गराएर नीति तथा कार्यक्रम पेस गर्ने र त्यसमा छलफल गराउने संसदको कार्यसूची थियो। प्रधानमन्त्री कोइराला एक्कासि अमेरिका जानुपर्ने भएपछि पूर्वबजेट छलफल सकेर केही समय संसद बैठक स्थगित गर्नुपर्ने भएको छ। नीति तथा कार्यक्रम र बजेट पारित नहुँदासम्म बजेट अधिवेशनमा अन्य विधेयकमाथि छलफल गराउने चलन छैन। प्रधानमन्त्रीले अमेरिका जानुअघि २६ सभासद मनोनयन टुंग्याइहाल्न चाहेका थिए । त्यसका लागि उनले आइतबार तीन दलको बैठक बोलाए । एमाले नआएकाले सामान्य छलफल मात्र भयो तर यसको छिनोफानेो भएन । ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला