२ महिना यता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन

ZEN Travels

शँकर के सी, सल्यान ,असार ९ गते ।
दुर्गम भेगका बासिन्दालाइ आधारभुत चिकित्सा सेवा उपलब्ध गराउने भनेर खुलेको सल्यानको प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखरा हिजोआज चिकित्सक विहीन अवस्थामा रहेको पाइएको छ । जम्मा ११ जना स्वास्थ्यकर्मीको दर्बन्दी भएपनि विगत २ महिना अघिदेखि स्वास्थ्य केन्द्र निजी श्रोतका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको भरमा चलेको छ ।

लेकपोखरा, स्यानीखाल, झिम्पे, दमाचौर र छाँयाछेत्र गाविसका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याउने प्राथमिक स्वास्थ्य केन्द्र यसरि स्वास्थ्यकर्मी र प्रशाशन विहिन भएपछि स्थानीयहरुले आवाज उठाउन थालेका छन् । स्वास्थ्यकर्मीको अभावमा आर्थीक अवस्था कमजोर भएका घरपरिवारले पनि सुत्केरी गराउनका लागी एम्बुलेन्सलाइ महंगो भाडा तिरेर जिल्लामा लैजानुपर्ने बाध्यता रहेको स्थानीय उमलाल घर्तीले जनाउनुभयो ।

तर स्वास्थ्य केन्द्रका इन्चार्ज हरी खनालले जिल्लामा विभिन्न तालिम परेकाले र जिल्ला स्वास्थ्यले अन्य काममा स्वास्थ्यकर्मीलाइ जिल्ला तानेकाले प्राथमीक स्वास्थ्य केन्द्र स्वास्थ्यकर्मी विहिन हुन पुगेको बताउनुभएको छ । अब झन वर्षायामको समयमा झाडापखाला लगायत महामारिजन्य रोगहरु फैलन सक्ने भएकोले स्वास्थ्यकर्मीको अभावमा थप समस्या आउनसक्ने भन्दै स्थानीयहरु चिन्तीत भएका छन् । सरकारले सबै नागरिकलाई सहज तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै गाउ“गाउ“मा यस्ता स्वास्थ्य संस्था स्थापना गरेपनि भौगोलिक विकटताका कारण पदपूर्ति र्भएर पनि सरुवा भएर सुगम जिल्लामा जाने प्रवृतिले गर्दा बर्सेनि स्वास्थ्य संस्था रित्तै हुने गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला