निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार

प्रकाशित मिति: २१ असार २०७८, सोमबार ०८:५८

 निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार पारेको छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता हुनेछ । असोज २० गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस्तै दोस्रो चरणको चुनावको लागि उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ ।

३१ गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र कार्तिक १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तयारी छ । पहिलो चरणको चुनाव कार्तिक २६ गते र दोस्रो चरणको चुनाव मंसिर ३ गते हुने छ । असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुने आयोगले जनाएको छ ।

 

(Visited 19 times, 1 visits today)

२१ असार २०७८, सोमबार ०८:५८ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....