सल्यानमा लागुऔषध सहित दुई जना पक्राउ

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २९, शुक्रबार (५ दिन अघि)
  • २८५ पटक पढिएको

सल्यानमा लागुऔषध सहित दुई जना पक्राउ

सल्यान — सल्यान प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहिवार दिउँसो जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ४००८ नम्बरको एस एम एलको  गाडी जाँच गर्ने क्रममा लागुऔषध सहित सल्लीबजार बाट २ जनालाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले सल्लिबजारमा गाडी रोकी जाँच गर्दा सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ की ३८ वर्षीया भुमा बुढाथोकीको झोलामा लागुऔषध जस्तो देखिने कालो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उक्त पदार्थ डिब्बामा राखिएको अवस्थामा करिब ३ किलोग्राम रहेको अनुमान गरिएको छ।
घटनासँग संलग्न भएको भन्दै सुर्खेत सिम्ता गाउँपालिका–४ का ६५ वर्षीय भद्रबहादुर सिंहलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि केशर कुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका  दुवैजनामाथि थप अनुसन्धान भइरहेको  छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली