नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) सल्यानको अध्यक्षमा भिमा बुढाथोकी निर्वाचित भएकी छिन् । शुक्रबार एमाले सल्यानको सभाहलमा सम्पन्न आठौं जिल्ला सम्मेलनले २७ सदस्यीय अनेमसंघ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा पवित्रा केसी र हेमा शर्मा, सचिवमा बसन्ता जिसी, सहसचिवमा भावना वली तथा अन्य सदस्यहरुमा रहेका छन् ।
सरिता हमालको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन अनेमसंघ केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज मिना रखालले गरेकी थिइन् । सम्मेलनमा विभिन्न तहका नेताहरूले मन्तव्य राख्दै महिलाको राजनीतिक सशक्तिकरणमा जोड दिएका थिए ।
अनेमसंघ केन्द्रीय सचिव रखाल संगै केन्द्रीय सदस्य तथा महिला विभाग इन्चार्ज लक्ष्मी कार्की, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुष्पा बोहरा, केन्द्रीय सदस्य सन्सील्ता वली डि सी, प्रदेश अध्यक्ष पद्मा खड्का, प्रदेश सचीव तारा शाही, पार्टीका सल्यान जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन, प्रदेश कमिटी सदस्य कुन्ती बस्नेत, जिल्ला उपाध्यक्ष ओज बहादुर बुढाथोकी लगाएतले उद्घाटन सत्रमा मन्तव्य राख्दै नेताहरूले महिलालाई राजनीतिमा सक्षम बनाउन शिक्षा, आत्मविश्वास, सामाजिक समर्थन र सार्वजनिक अभिव्यक्ति कलाको विकास अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनीहरूले राजनीतिक दलहरूले महिलालाई निर्णायक भूमिकामा ल्याउने नीतिहरू अवलम्बन गर्नुपर्नेमा पनि जोड दिए ।
सम्मेलनमा अनेमसंघ केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्य, पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला पार्टी पदाधिकारी, जिल्ला कमिटी सदस्य, पालिका अध्यक्ष, अनेमसंघका जिल्ला पदाधिकारी सहित विभिन्न पालिकाका प्रतिनिधि, पार्टीका सुभेच्छुक कार्यकर्ताको उपस्तिथि रहेको थियो ।