शारदा नगरपालिका सल्यानको आयोजनामा र पतञ्जली योग समिति सल्यानको समन्वयमा निःशुल्क योग विज्ञान शिविर आजदेखि सुरु भएको छ। नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता तथा पतञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लभदेव मिश्र (गुरुज्यू)को प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो।
शिविरको औपचारिक उद्घाटन नगर प्रमुख प्रकाश भण्डारी, नगर उप–प्रमुख सुस्मिता सापकोटा र प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभयो।
उद्घाटन कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न तहका जनप्रतिनिधिहरू, पतञ्जली योग समिति नेपालका केन्द्रिय, जिल्ला र पालिका तहका प्रतिनिधिहरू, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी र सुरक्षाकर्मी लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा सहभागीहरूलाई योगमार्फत शारीरिक र मानसिक रूपमा स्वस्थ बन्न सघाउने उद्देश्य रहेको आयोजकले जनाएका छन्। नगरपालिकाले सबै नगरवासीहरूलाई शिविरमा सहभागी भई लाभ लिन अनुरोध गरेको छ।
शिविर आजदेखि सुरु भई बैशाख ६ गतेसम्म सञ्चालन हुने जनाएको छ।
योग शिविरका फाेटाे