शिक्षकहरुको आन्दोलनले सल्यानमा विद्यार्थी भर्ना अभियान ठप्प भएको छ । जिल्लाभरका ४ सय ४३ भन्दा बढि सामुदायिक विद्यालय रहेकोमा अधिकांशमा हालसम्म नयाँ भर्ना हुन सकेका छैनन् । यसले गर्दा करिब ६५ हजार विद्यार्थी अझै पनि विद्यालय प्रवेश पर्खिरहेका छन्। सरकारले नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै देशभर भर्ना अभियान सुरु गर्ने योजना अघि सारे पनि शिक्षकहरु सङ्गठित भएर आन्दोलनमा उत्रिएपछि सल्यानमा पनि अभियान प्रभावित भएको हो ।
अहिले विद्यालय औपचारिक रूपमा खुलेका छन । तर, शिक्षकहरुको उपस्थिति न्यून भएकाले भर्ना अभियान र शिक्षण सिकाइ प्रक्रिया अघि बढ्न सकेको छैन। कतिपय ठाउँमा प्रधानाध्यापक तथा केही शिक्षक विद्यालयमा देखिए पनि विद्यार्थीलाई भर्ना गराउने, वर्ग विभाजन गर्ने, कक्षा सञ्चालन गर्ने जस्ता काम रोकिएको छ । शिक्षक महासंघले भने शिक्षकहरुको माग सम्वोधन नहुँदा सम्म बिद्यालय नखोल्न आग्रह गरेको छ ।
भर्ना अभियान ठप्प भएपछि अभिभावक पनि अन्योलमा परेका छन । “स्कुल खुलेको खबर त छ, हाम्रा बालबालिका बिद्यालय भर्ना हुन गएका छैनन,” शिक्षकको आन्दोलन छ भन्छन के को आन्दोलन त्यो थाहा छैन । शारदा नगरपालिका २ का रामसिंह गन्दर्व भन्नु भयो । “अब भर्ना कहिले हुन्छ थाहा छैन । हामी त पर्खेर बसेका छौं । ”
कतिपय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले बिद्यार्थी भर्ना अभियान अघि बढाउन इच्छुक देखिन्छन्, तर उनीहरू पनि दोधारमा छन्। सल्यान सदरमुकाममा रहेको त्रिभुवन जन माध्यामिक बिद्यायलका प्रधानाध्यापक माधव जिसीले शिक्षक आन्दोलनका कारण बिद्यार्थी भर्ना रोकिएको वताउनु भयो । अभिवाहरुले आफ्ना बालबालिकालाई भर्ना गर्न र बिद्यार्थी भर्ना हुन आइरहेको तर केही शिक्षक आन्दोलनमा भएको कारण समस्या भएको बताउनु भयो । भर्ना हुन आएकाहरु बालबालिकालाई भने भर्ना गरिरहेको वताउनु भयो ।
सिद्धकुमाख गाउँपालिका ३ मा रहेको श्री निराजन माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले अहिले बिद्यार्थी भर्ना भन्दा पनि शिक्षकहरु आन्दोलन केन्द्रित भएकाले तत्काल भर्ना अभियान रोकिएको वताउनु भयो । उहाँका अनुसार आफूहरु पनि आन्दोलनमा सरिक हुन काँठमान्डौँ जान लागेको बताउनु भयो ।
“विद्यार्थी भर्ना गर्न मन छ । विद्यालय खोल्न चाहेको छु, तर शिक्षकका माग सम्बोधन गर्न सरकार तयार छैन , शिक्षक महासंघले बिद्यालय बन्द गरेर आन्दोलनमा साथ दिन भनेको छ । यस बर्ष झन हाम्रो बिद्यलायमा सस्थागत बिद्यालयका बालबालिका भर्ना हुन आउदै थिए , हाम्रा माग सरकारले सुन्दैन, यस्तो तरिकाले त सामुदायिक बिद्यालयका बिद्यार्थी समेत सस्थागत तिर जाने देखियो ।
नाम नवताउने शर्तमा अर्का प्रधानाध्यापकले शिक्षक महासंघले बिद्यालय खोले कारवाही गर्छौ भन्छ, स्थानीय तह भने भर्ना नगरे यता कारवाही गर्छौ भन्छ । हामी के गर्ने भन्ने अन्यौलमा छौं । कतिपय शिक्षक आन्दोलनमा जानुभएको छ, कतिपय त डराएर घरमै हुनुहुन्छ।“ शिक्षक आन्दोलन र सरकारी दबाबबीच शिक्षा क्षेत्र नै जकडिएको छ । प्रधानाध्यापक र शिक्षकहरू काममा फर्कने कि आन्दोलनमा जाने भन्ने दोधारमा परेको उहाँले बताउनु भयो् ।
विद्यालय नखुलेपछि बालबालिका सडक र खेतबारीतिर डुलिरहेका छन । शिक्षकहरुले बिद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएका छन्। उनीहरु आन्दोलनरत शिक्षक महासंघको नेतृत्वमा छन् र कतिपयले विद्यालय बन्द गरी र्यालीमा समेत सहभागी भइरहेका छन । यसबीच सरकारले भने आन्दोलनको विकल्प संवाद भएको बताउँदै शिक्षकलाई काममा फर्कन आग्रह गरेको छ ।
स्थानीय तहले भने भर्ना अभियानलाई सफल भनाएर पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । जिल्लाको शारदा नगरपालिकाले शैक्षिक भेला बोलाएर बिद्यार्थीहरुको भविष्यमा खेलवाड नगरी भर्ना अभियान छिटो सक्न आग्रह गरेको छ ।
नगर प्रमुख प्रकाश भण्डारीले शिक्षालाई गुणस्तरीय र विश्वसनीय बनाउने दिशामा नगर सरकार प्रतिबद्ध रहेको र अझ उत्साहका साथ काम गरिरहेकाले सबैको सहकार्य अपरिहार्य रहेको वताउनु भयो । उहाँले बिद्यार्थी भर्ना सँगै शैक्षिक गतिविधिलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।
दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद बिष्टका अनुसार भर्ना अभियान सञ्चालनका लागि कार्यक्रम बनाएका तर शिक्षकहरु आन्दोलनमा भएका कारण भर्ना अभियान सफल हुन नसकेको वताउनु भयो । अभियान सफल नभए पनि बिद्यार्थीहरु बिद्यालयमा आएर भर्ना भैरहेको बताउनु भयो । उहाँका अनुसार सबै बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेको समेत वताउनु भयो । केही शिक्षक आन्दोलनमा हुनुहुन्छ, केही बिद्यालयमा हुनुहुन्छ, भर्ना हुन आएकालाई बालबालिकालाई बिद्यालयले भर्ना लिइरहेको दाबी गर्नुभयो ।