जीप दुर्घटना हुँदा चालक सहित १६ जना घाईते भएका छन । शुक्रबार बेलुकी ५.३० बजेतिर जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट हिवल्चा जादै गरेको लु.प्र.०२–००१ ज ००११ नम्बरको जीप सिउनेटा नजिकै दुर्घटनामा पर्दा चालक सहित १६ जना घाईते भएका हुन ।
घाईते हुनेमा शारदा नगरपालिका ११ बस्ने बर्ष १८ की दुर्गा नेपाली,बर्ष ७ की एलिसा नेपाली, बर्ष ५१ की लक्ष्मी बुढाथोकी, बर्ष ३५ की टीका घर्ति, बर्ष ३८ की दुर्गा बुढाथोकी, बर्ष ११ का निर्मल घर्ति , बर्ष ४२ की मायादेवी थापा, बर्ष ४० की निर्मला बुढाथोकी, बर्ष ३८ की गीता थापा, बर्ष ६८ का बुद्धिमान बुढाथोकी, बर्ष ४ का सुरज राना, बर्ष ७० की डुमा कुमारी राना, बर्ष २० का आशिष राना, बर्ष २९ की कमला बोहरा, बर्ष ८ की कृक्षा रावत, बर्ष ३ की कृष्टी रावत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सल्यानले जनाएको छ ।
घाईते सबैको स्थानीय, यातायात ब्यबसायी र प्रहरीको सहयोगमा उद्धार गरी श्रीनगर ल्याएर कान्तिपुर सामुदायिक अस्पताल र शारदा मेट्रो अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरिक्षक बाबुराम बस्नेतका बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा घाईते भएका केहीके अबस्था मध्यम र अन्यको सामान्य रहेको छ । जीप उकालोमा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको उहाको भनाई छ ।