सल्यानमा यात्रु चढाएको विषयमा विवाद हुँदा कुटपिट बाट दुई जना घाइते

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ९९ पटक पढिएको

सल्यानमा यात्रु चढाएको विषयमा विवाद हुँदा कुटपिट बाट दुई जना घाइते

सल्यानमा यात्रु चढाएको विषयको विवादमा कुटपिट हुँदा दुई जना घाइते भएका छन । शक्रवार दिउँसो जिल्लाको बागचौर नगरपालिका–४ सिमखोली राप्ती राजमार्गमा कुटपिट हुँदा दुई जना घाइते भएका छन्। रुकुमबाट दाङतर्फ जाँदै गरेको लु.२ ख ६३१९ नम्बरको फोर्स गाडीका चालक २७ वर्षीय दिनेश पुन र शारदा यातायात प्रालिका कर्मचारीबीच यात्रु चढाएको पैसाको विषयमा विवाद भएको थियो।

विवादका क्रममा गाडी चालक पुनले शारदा यातायात प्रालिका ३५ वर्षीय डिल्लीबहादुर खत्री र उनका ६९ वर्षीय बुबा टिकाराम खत्रीलाई कुटपिट गरेका थिए । कुटपिटबाट दुबै जनाको शरीरका विभिन्न भागमा चोटपटक लागेको र उपचारका लागि बागचौर पोलिक्लिनिकमा लगिएको थियो । उनीहरुको अवस्था मध्यम रहेको जनाइएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय सिमखोलीका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार शर्माको नेतृत्वमा ५ जनाको प्रहरी टोली खटीएको थियो। कुटपिट गर्ने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली