छत्रेश्वरीमा उज्यालो समाज निर्माणका लागि सार्वजनिक प्रतिबद्धता

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ६८ पटक पढिएको

छत्रेश्वरीमा उज्यालो समाज निर्माणका लागि सार्वजनिक प्रतिबद्धता

सल्यानमा उज्यालो समाज निर्माणका लागि जनप्रतिनिधी, स्थानीय महिला तथा सरोकारवालाहरुले सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सञ्चालन गरेको महिला सशक्तिकरण र उज्यालो समाज कार्यक्रममा सातवटै वडाका सहभागिहरुले सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हरेक वडामा सञ्चालन गरिएको कार्यक्रममा विपन्न, दलित, पिछडिएका वर्गका तथा यस अघि कुनै पनि तालिम एवम् कार्यक्रममा समावेश नभएका महिलाहरुलाई अभिमुखिकरण गरिएको थियो । सोही कार्यक्रममा बालविवाह, वहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले जानकारी दिइन् । समुदायमा विद्यालय भन्दा बाहिर रहेका बालकालिकालाई विद्यालय पठाउने पनि सहभागिहरुको प्रतिवद्धता छ । सामुहिक हस्ताक्षर सहितको प्रतिबद्धता सबै वडा कार्यालयहरुमा सबैले देख्ने ठाउँमा राखिएको छ ।

गाउँपालिकाले महिलाहरुमा आत्मविश्वास र सीप, क्षमता विकास, बालबालिकाको शिक्षामा महिला अभिभावको भुमीका, बाल विवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा अभिमुखिकरण गरेको थियो । कार्यक्रममा सहभागि छत्रेश्वरी, ६ लान्ती निवासी सुशिला थापाले समाजमा विद्यमान बाल तथा बहुविवाह, विभिन्न किसिमका हिंसा हुन नदिनका लागि र आफ्नो अधिकारको रक्षाका लागि तालिमबाट धेरै ज्ञान सिक्न पाइएको बताइन् ।

छत्रेश्वरी, १ का वडा सदस्य सुनिता विक आँफुले पनि धेरै नयाँ कुरा सिकको र बालविवाह, वहुविवाह तथा लैंगिक हिंसाविरुद्ध कानुनी रूपमा के गर्न सकिन्छ भन्नेबारे राम्रोसंग जानकारी लिन पाइएको बताइन् । समाजमा अझै पनि पछाडि पारिएका महिलाहरूको आत्मविश्वास बढाउने खालको यस्तो अभिमुखिकरण कार्यक्रमले नयाँ सोच र अगाडि बढ्न प्रेरणा प्रदान गरेको छत्रेश्वरी, ३ निवासी कार्यपालिका सदस्य पवित्रा डाँगीको भनाई छ । सामाजिक संस्थाका अभियान्ता, अधिवक्ता, प्रहरी, महिला विकास शाखाका कर्मचारी, पत्रकार लगाएतले वडास्तरमा भएको कार्यक्रममा अभिमुखिकरण गरेका थिए ।

छत्रेश्वरी गाउँपालिकाको वडा नं ४ बाट गत चैत १० गते सुरु भएको कार्यक्रम वडा नं ३ मा ११ गते, वडा नं ५ मा १२ गते, वडा नं ७ मा १३ गते, वडा नं ६ मा १४ गते संचालन भएको थियो भने वैशाख २ गते वडा नं २ मा र ३ गते वडा नं २ मा कार्यक्रम संचालन भएको थियो । सातवटै वडामा गरेर सहभागि लक्षित महिला र अन्य सहभागिहरु सहित २४४ बढीको उपस्थिती रहेको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली