दोस्रो शारदा मेयर new year टि–२० कप क्रिकेट प्रतियोगिता सुरु


दोस्रो शारदा मेयर new year टि–२० कप क्रिकेट प्रतियोगिता सुरु

सल्यानमा अन्तरपालिका स्तरीय दोस्रो शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज बाट सल्यान सदरमुकाम खलंगास्थित त्रिभुवन जन माध्यमिक बिद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगीताको उद्घघाटन शारदा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभएको  हो । टि–२० कप क्रिकेट प्रतियोगितामा आठ समूहको सहभागिता रहेको छ । प्रतियोगीतको विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन । क्रिकेट प्रतियोगिताको व्यवस्थापन क्रिकेट संघ सल्यानले गरेको छ । प्रतियोगितामा सहभागी ८ वटा पालिकालाई दुई समूहमा विभाजन गरेर आइसिसीको नियमअनुसार लिग चरणमा खेल हुने छ । प्रतियोगिता बैशाख १५ गते सम्म चल्ने छ । यो प्रतियोगिता जिल्लामा क्रिकेटको स्तरलाई अगाडि बढाउन र युवाहरुलाई खेलकूदमा संलग्न गराउन ठूलो अवसर हुने अपेक्षा गरिएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खेलकुद क्षेत्रलाई बिकास गर्नको लागि स्थानिय तहले लगानी बढाउनु पर्ने बताउनु भयो । खेलकुद मध्य पनि क्रिकेट क्षेत्रलाई अगाडी बढाउनको लागि आफूले पनि काम गरिरहेको क्रिकेट सबैको चासोको बिषय बन्नुपर्ने बताउनु भयो । शारदा नगरपालिका र ललितपुर महानगपालिका बिच समुधुर सम्बन्ध हुने भन्दै खेलकुद क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा पनि सहकार्य हुने प्रतिवद्धता जनाउनु भयो । नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपमेयर सुस्मिता सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख लिलाधर बबालले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला क्रिकेट संघ  सल्यानका अध्यक्ष सबिन हमाल, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायत बोल्नुभएको थियो ।
आज पहिलो दिन सिद्धकुमाख र शारदा बिच खेल भैरहेको छ । पहिलो खेलमा सिद्धकुमाख गाउँपालिकालाई ३ विकेटले पराजित गर्दै शारदा नगरपालिकाले विजयी सुरुवात गरेको छ ।


टस जितेर पहिले ब्याटिङ गरेको सिद्धकुमाखले १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएर जवाफि ब्याटिङमा उत्रिएको शारदाले १३ ओभर ३ बलमा लक्ष्य भेट्टायो । शारदाले ९ बल बाँकी हुदाँ ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली