वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सप्ताहव्यापी कार्यक्रम सुरु

  • मेरो जिल्ला
  • / कृषि /
  • २०८२ चैत्र ४, बुधबार (३ हप्ता अघि)
  • ७६ पटक पढिएको

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सप्ताहव्यापी कार्यक्रम सुरु

सल्यानमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । वन क्षेत्रमा हरेक वर्ष देखिँदै आएको आगलागीका घटनालाई नियन्त्रण गर्न र समुदायस्तरमै जनचेतना फैलाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम सप्ताहभरि विभिन्न गतिविधिसहित सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न सब–डिभिजन कार्यालय र सामुदायिक वन समूहहरूको सक्रिय सहभागितामा अग्निरेखा निर्माण, आगलागी नियन्त्रणसम्बन्धी प्राविधिक जानकारी, तथा डढेलो नियन्त्रणका व्यावहारिक ‘अभ्यास भैरहेका छन ।
बुधबार सदरमुकाम खलंगामा विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूको सहभागितामा सचेतनामूलक ¥याली निकालिएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा तथा सामुदायिक वन उपभोक्ता महासंघ सल्यानको सह–आयोजनामा वन डढेलो न्यूनीकरणसम्बन्धी सचेतनामूलक ¥याली तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो । डिभिजन वन कार्यालय परिसरबाट सुरु भएको ¥याली डाँडागाउँ, पुरानो बसपार्क हुँदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।


कार्यक्रममा बोल्ने सहभागीहरूले वन डढेलो नियन्त्रण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सामूहिक प्रयासबाट मात्र सम्भव हुनेमा जोड दिएका थिए । उनीहरूले वन तथा वातावरण संरक्षणका लागि स्थानीय उपभोक्ताहरू स्वयं सचेत, जिम्मेवार र सक्रिय हुनुपर्ने बताएका छन । सामुदायिक जानकी सामुदायिक वनकी सचिव मुना हमालले एक मात्र वन समूहले होइन, जिल्लाभरका सबै सामुदायिक वन उपभोक्ताहरू सचेत र सक्रिय हुनुपर्ने धारणा राख्नु भयो । उहाँले सामुदायिक वनहरूले आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरूको व्यवस्था गर्नुपर्ने, साथै वन नजिकका बस्तीहरूमा सूचना तथा समन्वय प्रणाली सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमितिका उपाध्यक्ष डम्बर तिरुवाले वन संरक्षण र मानव जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै “वन जोगिए मात्र मानवता जोगिन्छ” भन्ने सन्देश दिनु भयो । उहाँले वन विनाशसँगै प्राकृतिक सन्तुलन बिग्रिने भएकाले सबै तहबाट संरक्षणमा ध्यान दिनुपर्ने बताउनु भयो । डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले वन डढेलो प्राकृतिक र मानवीय दुवै कारणले हुने गरे पनि अधिकांश घटना मानवीय लापरवाहीका कारण हुने गरेको बताउनु भयो । उहाँले वन क्षेत्रमा जाँदा सलाइ, लाइटर जस्ता आगो बाल्न सकिने सामग्री प्रयोग नगर्न, तथा घाँसपात जलाउँदा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । वन डढेलोको जोखिम बढ्दै गइरहेको वर्तमान अवस्थामा यस्ता सचेतनामूलक कार्यक्रमहरूले समुदायलाई जिम्मेवार बनाउँदै वन संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली