शैक्षिक वातावरण सुदृढ बनाउन विद्यालयलाई सिसिटिभी क्यामरा सहयोग

  • मेरो जिल्ला
  • / शिक्षा /
  • २०८२ चैत्र १८, बुधबार (१ हप्ता अघि)
  • २४७ पटक पढिएको

शैक्षिक वातावरण सुदृढ बनाउन विद्यालयलाई सिसिटिभी क्यामरा सहयोग

सल्यानको दार्मा गाउँपालिका १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय लाई  सिसिटिभी क्यामरा सहयोग गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण कदमस्वरूप विद्यालय परिसरमा जडानका लागि सहयोग गरिएको हो ।  दार्मा गाउँपालिका २ स्थायी घर भई हाल सूर्यज्योति लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएका भरत रोकाय र सलिको इन्स्योरेन्स सल्यानमा कार्यरत राजेश कुमार घर्तीद्वारा संयुक्त रूपमा प्रदान गर्नुभएको छ ।


विद्यालयमा जडान गरिएको सिसिटिभी क्यामराले विद्यार्थीहरूको सुरक्षा, अनुशासन तथा समग्र शैक्षिक वातावरण सुधारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ। यस प्रविधिले विद्यालय परिसरभित्र हुने गतिविधिहरूको प्रभावकारी निगरानी गर्न सहयोग पुर्‍याउनेछ भने शिक्षक, अभिभावक र विद्यार्थी सबैमा सुरक्षित र जिम्मेवार वातावरणको अनुभूति गराउने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । सिसिटिभी क्यामरा सहयोग कार्यक्रममा सहयोगदाता भरत रोकायलाई विद्यालय परिवारका तर्फबाट सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र परियार तथा प्रधानाध्यापक दीपेन्द्र चन्दद्वारा उहाँलाई दोसल्ला ओढाएर तथा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष परियारले विद्यालयको विकासमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू अत्यन्त प्रेरणादायी भएको उल्लेख गर्नुभयो।

सम्मान ग्रहणपछि रोकायले आफूले जन्मभूमिको शैक्षिक विकासमा सानो योगदान गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो। उहाँले भविष्यमा पनि शिक्षा क्षेत्रमा यस्तै सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैले सहयोगदाताहरूको कार्यप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सकारात्मक कार्यहरूले समाजमा उदाहरणीय सन्देश दिने बताएका थिए।
विद्यालयले सहयोगदाताहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ। यस किसिमको सहयोगले ग्रामीण क्षेत्रमा शिक्षा सुधार र प्रविधिको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली