सल्यानको दार्मा गाउँपालिका १ का ६ ओटा टोल सरसफाइ उन्मुख टोल घोषणा भएका छन । सफा र स्वच्छ घर हाम्रो शान ,पुर्ण सरसफाइ उन्मुख टोल विकास सस्था हाम्रो पहिचान भन्ने मुल नाराका साथ आज तीन टोल सरसफाइ उन्मुख टोल घोषणा भएका हुन । जसमध्ये मैदान टोल विकास सस्था ,रावलटाकुरा टोल विकास सस्था र बोरपोले टोल गरि तीन टोल पहिलोचरणका रहेका छन । सरसफाई उन्मुख विकास सस्थालाई दार्मा गाउँपालिकाले नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
दार्मा गाउँपालिकाको सहजीकरण र सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता सुस्वा को आयोजनामा पहिलोपटक ६ ओटा टोल सरसफाइ उन्मुख टोल घोषणा भएका बताईएको छ । टोल घोषणा कार्यक्रममा स्थानीयले आ-आफ्नो टोलबाट बाजागाजासहित र्याली निकालेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसि अरुनले स्थानीयबासि र सुस्वाको सक्रियतामा सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको बताउनुभएको छ । त्यस्तै अध्यक्ष केसिले सुस्वाका वास सल्लाहकार ,वास परियोजनाका सहजकर्ताहरुलाई सक्रियताको लागि धन्यवाद दिनुभयो । कार्यक्रममा सहभागी टोल विकास सस्थाका प्रतिनिधि र विभिन्न टोलका बासिन्दाहरुले सरसफाई अभियानलाई सधैभरी चलाईरहने ,गाउँघर स्वच्छ र सफा राख्ने ,भान्साकोठा सधै सफा राखिरहने प्रतिबद्धता जाहेर गरेका थिए ।
यसैबिच आजै दार्मा गाउँपालिका १ स्यालागाउँमा तिनओटा टोललाई पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । किमटाकुरा टोल विकास सस्था ,स्यालागाउँ टोल विकास सस्था र डाडा स्यालागाउँ टोल विकास सस्था गरि तिनओटा टोललाई पुर्ण सरसफाई टोल विकास सस्था घोषणा गरिएको छ ।
कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसि को प्रमुख आतिथ्यता र दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्द र दार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेशम ओलिको विशेष आतिथ्यता रहेको थियो ।त्यस्तै ,दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद बिष्ट ,सुस्वा का वास सल्लाहकार धुब्र श्रेष्ठ ,सुस्वा परियोजनाका वास संयोजक प्रकाश चन्द्र थापा,दार्मा गाउँपालिकाका सुचना अधिकृत प्रेम बहादुर ओलि ,दार्मा गाउँपालिका सामाजिक विकास शाखा संयोजक पुस्पान्जली मगर ,कार्यपालिका सदस्यहरु , वडाका वडा सदस्यहरु ,विभिन्न वडाका वडा सचिवहरु ,सुस्वा परियोजनाका वास सहजकर्ता पुस्पा केसि ,अन्य वास सहजकर्ता , तिनओटा टोलका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,शिक्षक , कर्मचारी ,विद्यार्थी,ज्येष्ठ नागरिक,महिला ,पत्रकार लगायतको उपस्थित रहेको कार्यक्रम सञ्चालन सुस्वाका सामाजिक परिचालक धिरेन्द्र परियारले गर्नुभएको थियो । । भोलि दार्मा गाउँपालिका वडा नं २ को घुसखोला र ३को बुढाकाफलमा सरसफाई उन्मुख टोल घोषणा गर्ने कार्यक्रम रहेको छ ।