प्रथम सहिद स्मृति कप र सांस्कृतिक कार्यक्रम सल्यानको पेदीखोलामा सम्पन्न

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८१ चैत्र २४, आईतबार (२ दिन अघि)
  • ११६ पटक पढिएको

प्रथम सहिद स्मृति कप र सांस्कृतिक कार्यक्रम सल्यानको पेदीखोलामा सम्पन्न

सल्यानमा पहिलो पटक प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारी सल्यानको आयोजनामा पहिलोपटक जिल्लाको बागचौर नगरपालिका वडा नं ४ को पेदीखोलामा जिल्ला स्तरीय प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १६ ओटा छात्र टिम, ७ ओटा छात्रा टिम, १२ जना वक्तृत्व कला क्षेत्रका सहभागीहरू भएका थिए । यस्तै ३ ओटा फुटसल टिमले प्रतिस्पर्धा गरेका थिए ।
जस अनुसार छात्र भलिबल तर्फ प्रथम बागचौर नगरपालिका ४ को टिम आएको थियो । जसले नगत २०००० रकम मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो स्थान प्राप्त गरेको त्रीवेणी गाउँपालिका ५ रुकुम पश्चिमको नगद १५ हजार र मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गरेका दार्मा गाउँपालिका ५ ले रु दस हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तै छात्रा भलिबल तर्फ प्रथम स्थान हासिल गर्दै बागचौर न पा ७ ले दश हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गरेको बागचौर न पा २ले सात हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो दार्मा गाउँपालिका ३ ले पुरस्कार पाँच हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
वक्तिृत्वकला तर्फ प्रथम सचिन कार्की कुमाख गा पा ५ पुरस्कार रकम रु ३ हजार सहित मेडल र प्रमाणपत्र, दोस्रो स्थान निरुता वली, बागचौर नगरपालिका ७ पुरस्कार रकम रु दुई हजार मेडल र प्रमाणपत्र र तेस्रो एलिना खड्का बागचौर नपालिका ४ पुरस्कार एक हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन ।
प्रथम सहिद स्मृति कप तथा साँस्कृतिक कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह ईन्चार्ज टेक बहादुर बस्नेत बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज किर्ती बहादुर पुन (प्रकान्ड) विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश पुर्ब मन्त्री माननीय भिम प्रकाश शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मनोज बुढाक्षेत्री नगर पार्टी अध्यक्ष शोभाराम भण्डारी वार्ड न ४ का वार्ड अध्यक्ष कृष्ण बहादुर बस्नेतको बिशेष उपस्थिति रहेको थियोे । विभिन्न प्रतिस्पर्धाहरूमा विजेता टिम र व्यक्तिहरूलाई सम्मानित गरिएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली