सल्यान दार्माका १३ जना महिलालाई ३ महिने ऊनी सल बुनाई तालिम प्रदान

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८१ चैत्र २४, आईतबार (२ दिन अघि)
  • ४९ पटक पढिएको

सल्यान दार्माका १३ जना महिलालाई ३ महिने ऊनी सल बुनाई तालिम प्रदान

सल्यानको दार्मा गाउँपालिकाका १३ जना महिलाहरुलाई ३ महिने ऊनी सल बुनाइ तालिम प्रदान गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले वडा नम्बर ६ गोठिवनका १३ जना महिलाहरुलाई तिन महिने ऊनी सल बुनाइ तालिम प्रदान गरेको हो । अािर्थक बर्ष २०८१⁄८२ को सीप बिकास तालिम तथा रोजगार कार्यक्रम बाट महिलाहरुलाई तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ ।

महिलाहरुलाई सिप प्रदान गरि आत्मनिर्भर बनाउने उदेश्यले तालिम प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्याका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सिप बिकास तालिमले महिलाहरुलाई आयआर्जनमा टेवा पुग्ने बिश्वास गरिएको छ । तालिममा सिकेका सीपलाई व्यावहारिक र व्यावसायिक रूपमा अघि बढाउन सकिए आयआर्जनमा सहयोग पुग्ने उहाँले बताउनु भयो । तालिममा सहभागी महिलाहरुले तालिम जीवन उपयोगी रहेको बताएका थिए ।
दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले उत्पादित सल लगायत दार्मा गापाभित्र सहकारी तथा समुहले उत्पादन गरेका वस्तुहरु संकलन गरेर सहज विक्री ,वितरण र बजारिकरणका लागि पालिकामा कोशेली घर निर्माण गरिने बताउनु भयो । तालिमप्राप्त जनशक्तिलाई सल नियमित उत्पादन गर्न आवश्यक सहयोग उपलब्ध गराइने र उत्पादनका आधारमा अनुदान र प्रविधि हस्तान्तरण कार्यक्रम पनि जोडिने बताउनु भयो । यस्ता तालिम पालिका बाट पनि सञ्चालन भैरहेको र आगामी दिनमाम पनि बिभिन्न निकाय जोडिनुपर्ने बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली