सल्यानमा दुर्लभ अवस्थामा रहेको काकडसिङ्गी संरक्षणका लागि अभियान सञ्चालन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८१ चैत्र २५, सोमबार (१ हप्ता अघि)
  • १५९ पटक पढिएको

सल्यानमा दुर्लभ अवस्थामा रहेको काकडसिङ्गी संरक्षणका लागि अभियान सञ्चालन

कर्णालीका केही जिल्लामा मात्र पाइने बहुउपयोगी वनस्पति काकडसिङ्गीको संरक्षणका लागि सल्यानमा अभियान चलाइएको छ । यो वनस्पति दुर्लभ अवस्थामा पुगेपछि वनस्पति अनुसन्धान केन्द्र सल्यानले खोजी र संरक्षणको अभियान सञ्चालन गरेको हो ।
वनस्पति अनुसन्धान केन्द्रको ६५ औँ वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसर पारेर “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता” र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठकले जानकारी दिनुभयो ।


अभियान अन्तर्गत सोमबार देखी जिल्लाको कपुरकोट गाउँपालिकामा “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता” सुरु भएको छ । गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्दै औषधीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिएको काकडसिङ्गी संरक्षणका लागि खेलजस्तो सिर्जनात्मक माध्यमबाट जनचेतना फैलाउने प्रयास उदाहरणीय रहेको उल्लेख गर्नुभयो । प्रतियोगितामा १४ टिम सहभागी छन् । २८ गते सम्म चल्ने प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थान ल्याउने टिमले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।
सोमबार नै काकडसिङ्गीको महत्त्व र संरक्षणका लागि अन्तर्क्रिया पनि सम्पन्न भएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । ठाउँ अनुसार काकडसिङ्गी धेरै नामहरूबाट  चिनिने गरेको जनाउँदै केन्द्रका प्रमुख डाक्टर पाठकले काकडसिङ्गीमा राइबोफ्लोबिन, एस्कॉर्बिक एसिड, कैरोटेन, निकोटिन एसिड, ग्लुटामाइन, ल्युटियोलिन, पिपेकोलिक, मोमोरडिन जस्ता तत्व पाइने जानकारी दिनुभयो ।
यसले चिसोले हुने रुघा खोकी, ज्वरो, श्वासप्रश्वासको समस्या, दम, रक्तपित्त, रक्तदोष, रक्तचाप नियन्त्रण, बाल रोग, यौन दुर्वलता, प्रजनन समस्या समेत समाधान गर्ने बताउनुभयो

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली