सल्यानमा वर्षासँगै आएको हावा हुरीले बिद्यालयको छाना सँगै एक घर भत्कियो

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८१ चैत्र २८, बिहिबार (४ दिन अघि)
  • ३३२ पटक पढिएको

सल्यानमा वर्षासँगै आएको हावा हुरीले बिद्यालयको छाना सँगै एक घर भत्कियो

वर्षासँगै आएको हावा हुरीले सल्यानमा एक विद्यालयको छाना उडाएको छ भने एक घर भत्किएको छ । बुधबार राति आएको हावा हुरीले शारदा नगरपालिका ८ मार्केमा रहेको त्रिभुवन जनता माविको २ कोठे भवनको छाना उडाएको छ भने सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुरमा रहेको कमारो कामीको २ तले घर भत्काएको हो । त्रिज मावि भवनको छाना उडाउँदा लाखौंको क्षति भएको विद्यालय प्रशासनले बताएको छ । बिद्यालयका प्रधानाध्यापक गणेश धितालका अनुसार ११, १२ कक्षा सञ्चालन भैरहेको भवनको छाना उठाएको छ ।

भवन पनि पुरोनो र जिर्ण भएका कारण छाना उडाउनका साथै विद्यालयमा भएका फर्निचरमा समेत क्षति पुगेको बताउनु भयो । अहिले बिद्यालय बन्द भएकाले समस्या नभएको र केही दिनमा बिद्यालय सञ्चालनमा भएमा पठनपाठनमा समस्या हुने उहाँले बताउनु भयो । उहाँले क्षती भउको बिद्यालयको छाना मर्मत गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बतउनु भयो ।
यता सिद्धकुमाख गाउँपालिका २ टाकुरामा हावाहुरी घर भत्किाए पछि कमारो कामीको परिवार गोठमा बसेको छ । पहिले भुकम्पले घर चर्काएको र गएरातिको हावाहुरीले घर भत्काएपछि तिन लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ ।
जिल्लाभरका धेरै स्थानमा हावाहुरी र पानीले क्षति पु¥याएको र कहाँ के कतित क्षेती भयो त्यसको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हावाहुरी र पानीले तरकारी बाली र भित्रयाउन लागेको गहुँबालीमा पनि पनि क्षेती गरेको अनुमान छ । कृषि बिकास कार्यालय सल्यानका अनुसार अहिले सम्म तथ्याङक आइनपुगेको र स्थानिय तहहरुमा बुझ्ने काम भैरहेको जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली