जिल्ला प्रहरी कार्यालय सल्यानमा सुतेकै ठाउँमा हवल्दार मृत भेटिए

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ पौष २७, आईतबार (३ महिना अघि)
  • १५७ पटक पढिएको

जिल्ला प्रहरी कार्यालय सल्यानमा सुतेकै ठाउँमा हवल्दार मृत भेटिए

जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत एक हवल्दार निवास भित्रै सुतेकै ठाउँमा मृत भेटिएका छन ।दाङको तुल्सीपुर उपमहानगरपालिका–८ दुधेना घरभई भई जिल्ला प्रहरी सल्यानमा कार्यरत हवल्दार ४१ वर्षीय भीमबहादुर केसी कार्यालयको निवासमा सुतेकै ठाउँमा आइतबार बिहान मृत फेला परेका हुन्।
डिउटी सकेर सुतेका उनी आइतबार बिहान ६ बजेको पिटीमा सामेल नभएपछि उठाउन जाँदा मृत भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीले बताउनु भयो । मृतक केसीको शव आफन्तको जिम्मा लगाएको उहाँले बताउनु भयो । जिल्ला अस्पताल सल्यानका चिकित्सकले केसीलाई हृदयघात भएको जानकारी दिएको डीएसपी केसीले बताउनु भयो । मृतक हवल्दारका घरमा श्रीमती एक छोरा र छोरी छन ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली