प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक काम देखि बिकास निमार्णका काम ठप्प

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ चैत्र ९, सोमबार (३ हप्ता अघि)
  • ७२ पटक पढिएको

प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक काम देखि बिकास निमार्णका काम ठप्प

सल्यानको कुमाख गाउँपालिका डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको स्थानमा नयाँ अधिकृत नपठाइएपछि गाउँपालिकाको दैनिक प्रशासनिक तथा विकाससम्बन्धी कामकाज प्रभावित भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकामा आर्थिक कारोबार, योजना सम्झौता तथा भुक्तानी लगायतका काम ठप्प छन् । आर्थिक कारोबार तथा योजना सम्झौताका लागि कार्यालय पुगेका सेवाग्राही तथा उपभोक्ता समितिका प्रतिनिधिहरू खाली हात फर्कन बाध्य भएका छन् ।
कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनी माघ दोस्रो साता सरुवा भएर गएपछि उक्त पद रिक्त रहेको छ । नयाँ अधिकृत नआउँदा फागुन महिनादेखि कर्मचारीको तलबसमेत वितरण हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा हिँउदे अधिवेशन समेत बस्न नसकेको गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीले बताउनु भयो । उहाँले बिकास निर्माणका कामहरु समेत ठप्प भएको उहाँले बताउनु भयो । उहाँका अनुसार सामान्य प्रशासनिक कामका लागि योजना शाखा प्रमुख मानबहादुर बुढाथोकीले निमित्तका रूपमा जिम्मेवारी सम्हाले पनि योजना सम्झौता, भुक्तानी तथा महत्वपूर्ण निर्णय गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतकै हुने भएकाले ती काम अघि बढ्न सकेका छैनन् । निमित्तलाई जिम्मेवारी दिनुपर्ने भन्दै निर्णय गराएर लिएको भएपनि जिम्मेवारी दिन नमानेको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनका लागि आफु काँठमान्डौ पुगेको बताउनु भयो । उहाँले मन्त्रालयसँग समन्वय गरी छिट्टै अधिकृत पठाइने जानकारी प्राप्त भएको बताउनु भयो । “अधिकृत नहुँदा विकास निर्माणका काम ठप्प छन्, सम्झौता हुन सकेको छैन, कर्मचारीले तलब खान पाएका छैनन्, हिँउदे अधिवेशनसमेत बस्न सकेको छैन । साह्रै समस्या भएको छ,” अध्यक्ष बुढाथोकीले भन्नु भयोे । “म प्रमुख प्रशासकीय अधिकृत खोज्न काठमाडौं आएको हुँ । मन्त्रालयले एक हप्ताभित्र पठाउने जानकारी दिएको छ, आउनुहुन्छ भन्ने आशा छ ।”कार्यालय प्रमुख नभएपछि पालिकाका महत्वपूर्ण निर्णयसमेत रोकिएको गाउँपालिकाका लेखा अधिकृत यदु गहतराजले जानकारी दिनुभयो । उहाँले आवश्यक प्रशासनिक नेतृत्व अभावले पालिकाको सेवा प्रवाह नै प्रभावित भएको बताउनु भयो । नयाँ प्रमुख प्रशासकीय अधिकृत छिट्टै नआए पालिकाको विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक व्यवस्थापन अझै प्रभावित हुने स्थानीयको चिन्ता छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली