एसइई दिन आएका विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु


एसइई दिन आएका विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु

सल्यानमा भेरी नदीमा डुबेर एसइई दिन आएका एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ बामे  बस्ने हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकी एसइई परीक्षा दिन आएका बेला भेरी नदिमा नुहाउने क्रममा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार  वनगाड कुपिन्डे नगरपालिका ३ को मुक्ति माबी हिलेपोखरीमा अध्ययनरत उनी वनगाड कुपिन्डे नगरपालिका १ मा रहेको प्रभाकर माध्यमिक विद्यालय देवस्थल परीक्षा केन्द्रबाट एसइई परिक्षा  दिइरहेका थिए ।
शुक्रवार एसइई दिएर फर्किएका ऊनी अपराह्न करिब ४:३० बजे भेरी नदीमा डुबेका थिए।
घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी निरीक्षक सागर पौडेलको कमाण्डमा ५ जनाको टोली खटिएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उनलाई बनगाड कुपिण्डे नगर अस्पतालमा लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि साँझ ४:५५ बजे मेहेलकुना अस्पताल, सुर्खेत रिफर गरिएको थियो।
तर, साँझ ६:०५ बजे अस्पताल पुगेपछि चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली