वनस्पति दिवसको अवसरमा सिद्धार्थ सामुदायिक वनका अध्यक्ष बुढा सम्मानित

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ बैशाख १०, बिहिबार (३ महिना अघि)
  • १६९ पटक पढिएको

वनस्पति दिवसको अवसरमा सिद्धार्थ सामुदायिक वनका अध्यक्ष बुढा सम्मानित

वनस्पति दिवसको अवसरमा यस वर्षको “जैविक विविधता सचेतना तथा संरक्षण सम्मान”बाट कपुरकोट–६, जलवाङका दल बहादुर बुढा मगर सम्मानित हुनुभएको छ । कुनै संस्थामा आबद्ध भएर कति समर्पित भएर काम गर्नुपर्छ भन्ने कुरा उदाहरण दिदै उहाँलाई सम्मानित गरिएको हो । सिद्धार्थ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका उदाहरणीय रुपमा लिदै सम्मान गरिएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । उहाँले सामुदायिक वनमा जैविक विविधताको संरक्षण गरेको, जडिबुटि खेतिमा बिशेष प्राथामिकता दिएको, डढेलो नियन्त्रणमा सक्रिय भूमिका खलेको भन्दै कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
वनस्पति अनुसन्धान केन्द्र, सल्यानले विगत चार वर्षदेखि प्रदान गर्दै आएको यस सम्मानबाट हालसम्म सल्यानमा कार्यरत तीन जना पत्रकार—शंकर के.सी., सरिता चलाउने र खकेन्द्र के.सी र एक जना संरक्षणकर्मी दल बहादुर बुढा सम्मानित भइसक्नु भएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

मेरी आमा

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली