
सल्यानमा सर्भर समस्या उत्पन्न हुँदा राष्ट्रिय परिचयपत्र सम्बन्धी बनाउने सेवा स्थगित भएको छ । तिन दिन देखि सर्भरले काम नगर्दा परिचयपत्र सेवा अवरुद्ध भएपछि टाढा–टाढाबाट आएका सेवाग्राहीहरू मारमा परेका हुन् । विभागले बुधबार विज्ञप्ति जारी गर्दै यसको मर्मत कार्य जारी रहेकोले उक्त कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले भ्यालिडेट सेवा अवरुद्ध हुने जनाइएको थियो । सेवा बन्द हुँदा बैंकमा नागरिकको बैंकमा खाता खोल्ने काम प्रभावित भएको छ भने अन्य सरकारी तथा निजी प्रयोजनका लागि आवश्यक पर्ने राष्ट्रिय परिचयपत्रको कागजात सम्बन्धी कामहरू पनि रोकिएका छन ।
विभागका अनुसार राष्ट्रिय परिचयपत्र विवरण सच्याउने, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त एनआईएन जेनेरेट हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु सेवा र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली एनआईडीएमआईएससँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू अवरुद्ध हुनेछन् । सेवाग्राहीहरूले लामो समय कुर्नुपरेको तथा सास्ती भोग्नुपरेको गुनासो गरेका छन ्। बिभागले सर्भर समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएको छ ।
