माल्नेटामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५७ जनाले सेवा लिए

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ जेष्ठ २४, आईतबार (१ महिना अघि)
  • ७७ पटक पढिएको

माल्नेटामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५७ जनाले सेवा लिए

शारदा नगरपालिका–१५ माल्नेटामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ३५७ जना नागरिक लाभान्वित भएका छन्। शारदा नगरपालिका–१५ को सहजीकरण, शारदा नगरपालिकासँगको समन्वय तथा संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालि ९संजीवनी अस्पताल०, नेपालगञ्ज बाँकेको आयोजनामा त्रिभुवन जनता माध्यमिक विद्यालय ९त्रिजमावि० माल्नेटामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा हाडजोर्नी तथा नशा रोग, जनरल फिजिसियन, महिला तथा प्रसूति रोग, दाँत तथा मुख रोग, मुटु रोग तथा नाक–कान–घाँटी सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। सहभागीहरूलाई स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक परामर्श समेत दिइएको आयोजकले जनाएको छ। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शारदा नगरपालिकाले शिविरस्थलसम्म आउन–जान निःशुल्क नगरबस सेवाको व्यवस्था गरेको थियो। यसले दुर्गम क्षेत्रका नागरिकलाई सेवा लिन थप सहज भएको स्थानीयवासीले बताएका छन्।

वडा अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढा, प्रशासन अधिकृत रविन बुढा, संजीवनी अस्पतालका प्रशासकीय अधिकृत याम खड्का, विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यअनुरूप आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। शिविरको सफल आयोजनाका लागि संजीवनी अस्पताल परिवार, वडा कार्यालय, स्वास्थ्यकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आयोजकले आभार व्यक्त गरेको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली