सल्यान बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा हिमेन्द्रबाबु सेजवाल

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ अषाढ २८, आईतबार (१ महिना अघि)
  • १२२ पटक पढिएको

सल्यान बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा हिमेन्द्रबाबु सेजवाल

सल्यान बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाले हिमेन्द्रबाबु सेजवालको अध्यक्षतामा सात सदस्यीय क्याम्पस सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ। आइतबार सदरमुकाम खलंगास्थित क्याम्पसको सभाहलमा सम्पन्न क्याम्पस सभाबाट सहमतिका आधारमा नयाँ सञ्चालक समिति चयन गरिएको निर्वाचन समिति संयोजक थलराज भण्डारीले जानकारी दिनुभयो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा घनश्याम पुन चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा रमेश बुढाथोकी, सरिता हमाल, कल्पना सेजवाल, सन्देश श्रेष्ठ र सुरेन्द्र बुढा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। सभाको उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सल्यान बहुमुखी क्याम्पस जिल्लाकै पुरानो र ऐतिहासिक शैक्षिक संस्थामध्ये एक भएको बताउनुभयो। उहाँले क्याम्पसले लामो समयदेखि सल्यान तथा आसपासका जिल्लाका विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र संस्थागत विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
उहाले क्याम्पसको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा प्रवद्र्धन र दीर्घकालीन विकासका लागि जिम्मेवारीपूर्वक काम गर्न सञ्चालक समितिलाई आग्रह गर्नुभयो। प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोगका लागि आफू सकारात्मक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्ष महेश देवकोटा र टोपेन्द्र शर्मा, शिवजन क्याम्पसका प्रमुख कमल थापा , नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायतले नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्याम्पसको शैक्षिक विकास र गुणस्तर अभिवृद्धिमा सफल कार्यकालको शुभकामना दिनुभएको थियो। क्याम्पस प्रमुख पारश थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार विकासका गतिविधिबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमको अध्यक्षता क्याम्पस सभाका अध्यक्ष मानबहादुर मल्लले गर्नुभएको थियो भने सञ्चालन विष्णु शर्माले गर्नुभएको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

मेरी आमा

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली