सल्यानमा एउटै पालिका बाट ४ करोड ७० लाख भन्दा बढिको खसी निकासी

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ अषाढ ३०, मंगलबार (१ महिना अघि)
  • १३८ पटक पढिएको

सल्यानमा एउटै पालिका बाट ४ करोड ७० लाख भन्दा बढिको खसी निकासी

सल्यानको त्रिवेणी गाउँपालिका बाट गत आर्थिक बर्ष २०८२⁄८३ मा ४ करोड ७० लाख ९७ हजार ५ सय ८६ रुपैया बराबरको खसी निकासी भएको छ । गाउँपालिकाका बिभिन्न ५ वटा सहकारी ९८ हजार २३ केजी खसी बाट ४ करोड ७० लाख ९७ हजार ५ सय ८६ रुपैया बराबरको खसी निकासी भएको हो ।
सबै भन्दा बढि त्रिवेणी गाउँपालिका ६ मा रहेका बिवेणी व्यवसाय सहकारी सस्थाले १ करोड ५९ लाख ६८ हजार ५ सय ८८ को खसी बिक्रि गरेको छ । यस्तै दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी सस्थाले १ करोड ७० लाख ५२ अजार ९ सय ४६ रुपैया बराबरको खसी बिक्रि गरेको छ । त्रिवेणी साना किसान सहकारी सस्थाले १३ लाख ४६ हजार ३ सय २०, नमुना सामाजिक उद्यमी महिला सहकारी सस्थाले ६२ लाख आठ हजार ४ सय ५७ र उपहार उद्यमी महिला सहकारी सस्थाले ५५ लाख २१ लाख २ सय ७५ रुपैयाको खसी बिक्रि गरेको त्रिवेणी गाउँपालिका पशुशाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । गाउँपालिकाको कृषि उत्पादन बजारीकरण अनुदान कार्यक्रमअन्तर्गत ५ वटा सहकारी संस्था मार्फत ८ सय ७८ जना कृषकका २ हजार५ सय ८० वटा खसी बिक्री गरेका हुन । गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न प्रतिकिलो १२ रुपैयाँका दरले ९ लाख ३३ हजार ५ सय १६ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यस्तै, व्यवस्थापन खर्चबापत प्रतिकिलो ५० पैसाका दरले ३८ हजार ८ सय ९६ रुपैयाँ खर्च गरिएको जानकारी दिनु भयो । यस कार्यक्रमका लागि गाउँपालिकाले कुल ९ लाख ७२ हजार४ सय १२ रुपैयाँ बजेट खर्च गरेको उहाँको भनाई छ । गाउँपालिकाले सञ्चालन गरेको बजारीकरण अनुदान कार्यक्रमले कृषकलाई उत्पादनको सुनिश्चित बजार उपलब्ध गराउनुका साथै उचित मूल्य दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको रावतको भनाई छ । सहकारीमार्फत बिक्री प्रणाली अपनाइएकाले बजार व्यवस्थापन सहज हुनुका साथै बिचौलियाको प्रभाव समेत कम भएको उहाँको भनाई छ ।

स्थानीय सरकारले कृषि तथा पशुपालनलाई आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्ने नीति अनुरूप सञ्चालन गरेको यो कार्यक्रमले गाउँपालिकामा व्यावसायिक बाख्रा पालन विस्तार गर्न थप टेवा पुगेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । कृषकहरूले आगामी वर्षहरूमा पनि यस्ता अनुदान तथा बजारीकरणका कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको उहाँको भनाई छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

मेरी आमा

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली