सल्यानमा अटो दुर्घटना, पाँच जना घाइते

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ श्रावण ११, सोमबार (३ हप्ता अघि)
  • ११० पटक पढिएको

सल्यानमा अटो दुर्घटना, पाँच जना घाइते

सल्यानमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित कपुरकोट–किमुचौर सडक खण्डमा सोमबार दिउँसो लुप्र ०२–००१ ह १९२३ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो। किमुचौरबाट कपुरकोटतर्फ आउँदै गरेको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा अटो चालक कपुरकोट गाउँपालिका–४ निवासी होमसिंह घर्तीसहित सोही वडाका आशिष डाँगी, डम्बरराज रोका, रेशम रोका तथा कपुरकोट गाउँपालिका–३ निवासी रुपेश घर्ती घाइते भएका छन्।

दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी कपुरकोट गाउँपालिका–३ स्थित आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। सामान्य उपचारपछि एक्स–रे तथा थप परीक्षण आवश्यक देखिएकाले सबै घाइतेलाई थप उपचारका लागि दाङको तुलसीपुर रिफर गरिएको आधारभूत अस्पताल कपुरकोटका व्यवस्थापक देवेन्द्रकुमार सेनले जानकारी दिनुभयो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

मेरी आमा

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली